अध्यक्ष तथा महाप्रवन्धकको सन्देश

कुन हो सहज मोक्ष गराइदिन्या ?
ज्ञान् हो अरूको किन नाम लिन्या ! भानुभक्त आचार्य, रामायण
यस गरिमामय कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता सद्वेय माधवकुमार नेपालज्यू, विशिष्ट अतिथिज्यू, संस्थाका सञ्चालक समितिका पदाधिकारीज्यूहरू, आज लोकार्पण हुने पुस्तकका लेखक तथा समीक्षकज्यूहरू, संस्थाका शेयर सदस्यज्यूहरू, कर्मचारी साथीहरू, पत्रकार एवं उपस्थित साहित्यप्रेमी सम्पूर्ण महानुभावहरू †
एक शताब्दीको गौरवशाली इतिहास बोकेको साहित्यकार तथा लेखकहरूको सामूहिक संस्था साझा प्रकाशन वि.सं. १९७० मा गोरखा भाषा प्रकाशिनी समिति र १९९० सालमा नेपाली भाषा प्रकाशिनी समितिमा रूपान्तरित हुँदै नेपाली भाषा प्रकाशन संस्थान ऐनको मर्म र भावना अनुरूप २०२१ साल मङ्सिर १७ गते स्थापना भएको हो ।
स्थापनाकालदेखि नै यो संस्थाले साहित्य सेवाका अलावा विद्यालय स्तरका पाठ्यपुस्तक उत्पादन र बिक्रीवितरण गर्दै आएकोमा वि.सं. २०२८ मा नयाँ शिक्षा पद्धति लागू भएपछि पाठ्यपुस्तक निर्माण, पाठ्यक्रम विकास केन्द्र, उत्पादन, जनक शिक्षा र देशव्यापी वितरण साझा प्रकाशनले गर्ने नीति तय गरियो । त्यसबाट कार्यक्षेत्रमा सङ्कुचन आए पनि यस संस्थाले आफ्नो विगतदेखिको सक्रिय भूमिकामा कुनै कमी ल्याएन बरु थप जिम्मेवार भई राज्यलाई सघाउँदै आएको बेहोरा निवेदन गर्न चाहन्छु ।
विभिन्न कालखण्डमा साझा प्रकाशनले समस्या बेहोर्दै आएको र समाधान राज्यका तर्फबाट हुँदै आएको सन्दर्भमा वर्तमान् सरकारी नीति तथा व्यवस्थापकीय असन्तुलनले संस्थाको अस्तित्वमाथि प्रश्नचिह्न खडा भएको छ । देशमा संचार, सडक यातायातको पहुँच नभएको बेला खच्चर र साझा प्रकाशनका कर्मचारीले पिठ्यूँमा बोकेर देशका कुनाकन्दरामा ज्ञानको पहिलो स्रोत पुस्तक पु¥याइएका थिए । ती कर्मचारीले पिठ्यूँमा पुस्तक बोक्दा गएको छालाका दाग अझै पनि आलै छन् । तीनै पुस्तक पढेर राजनीतिक, प्रशासनिक नेतृत्व तथा अन्य क्षेत्रमा नेतृत्व गर्ने व्यक्तित्वबाट तय गरिएको नीतिगतका कारण साझाले स्थापनाकालदेखि गर्दै आएको सामुदायिक विद्यालयका पाठ्यपुस्तक बिक्री वितरणको कार्य विगत ३ वर्षदेखि खोसिएको छ । आगामी वर्ष पनि संस्थाले गरिआएको कार्य पाउने–नपाउने अनिश्चितता यथावत् छ । साझा प्रकाशनको वृहत् संरचना पुस्तक बिक्रीवितरणका लागि तयार गरिएको हो ।
राज्य अहिले विगतमा खोसिएका निजी सम्पत्तिहरू त सम्बन्धित अधिकारवालालाई फिर्ता गरिरहेको छ भने यत्रो संस्थाको ऐतिहासिक अधिकार खोसिँदा निश्चय पनि मूकदर्शक भएर बस्ने छैन भन्ने अपेक्षासहित यस संस्थालाई सबल, सक्षम र सम्पन्न गराउन सघाउ पुग्ने प्राथमिक कार्यको रूपमा रहेको विद्यालयस्तरीय सरकारी पाठ्यपुस्तकहरूको बिक्रीवितरणको काम साझा प्रकाशनलाई फिर्ता गर्न आजका प्रमुख अतिथिज्यूबाट आवश्यक पहल हुन्छ भन्ने आमसरोकारवालाहरूको विश्वास छ ।
प्रमुख अतिथिज्यू
हजुर नेपालको प्रधानमन्त्री भएको तत्कालिन बेला र त्यस अघि र पछि पनि साझा प्रकाशनले यहाँको प्रत्यक्ष÷अप्रत्यक्ष संरक्षकत्व प्राप्त गरिरहेको छ । यहाँको प्रधानमन्त्रीको कार्यकालमा मिति २०६६।३।४ को मन्त्रिपरिषदको बैठकबाट “साझा प्रकाशनको भौतिक पूर्वाधार÷पुर्ननिर्माणका लागि रु ४ करोड पुँजीगत अनुदान दिने” निर्णय भएको कुरा म स्मरण गराउन चाहन्छु । सोही निर्णयअनुसार प्राप्त रकमबाट हामी सँगैको निर्माणाधिन भवनले साक्षी बनेर कहिले पूर्णता पाउँछु भनेर पर्खिरहे छ, टोलाइरहे छ ।
लेखकहरूको लेखकस्व, कर्मचारीको पारिश्रमिकलगायत सेवा निवृत्त तथा अवकाश पाउनुभएका कर्मचारीलाई दिनुपर्ने उपदान, विभिन्न व्यक्ति, निकाय र संस्थालाई तिर्नुपर्ने अहिले ४० करोडभन्दा बढी ऋण दायित्व देखिएको र विगतको व्यवस्थापनले चालु पुँजी कर्जाको रुपमा केन्द्रीय कार्यालय परिसरको जग्गा धितो राखी सहकारी बैंकबाट ऋण लिएको रु. ४ करोड ६० लाख रकमको भाका नाघेपछि सहकारी विकास बैकले लिलामीको सम्पूर्ण प्रक्रिया पूरा गरी सकेको अवस्थामा २०७३।७।०८ मा सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशनले केही समयको लागि मात्र उक्त प्रक्रिया स्थगन गरेको व्यहोरा अवगत गराउन चाहन्छु ।
नेपालका मुर्धन्य स्रष्टा लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भूपि शेरचन, पारिजात भीमनिधि तिवारी, लेखनाथ पौड्याल, माधवप्रसाद घिमिरे, सत्यमोहन जोशी, साहित्यिक र राजनीतिक क्षेत्रका शिखर पुरुष बीपी कोइरालादेखि बैरागी काइँला, मङ्गलकुमार नेपालजस्ता कैयन लुकेका प्रतिभालाई नेपाली साहित्यमा चिनाउने र तिनका कृति तत्कालिक कालखण्डदेखि हालसम्म साझा प्रकाशनले प्रकाशित गरी जीवन्त राख्ने काम गरिरहेको एउटा ऐतिहासिक प्रकाशन संस्था राज्यलाई आवश्यक रहेको सन्दर्भमा संस्थाको पुनर्जागरणका लागि यहाँबाट सरकारसमक्ष पहल हुनेछ भन्ने आशा एवं विश्वास व्यक्त गर्दछौँ ।
साझा प्रकाशनको वर्तमान् उच्च व्यवस्थापनबाट साझा प्रकाशनको सुधारका निम्ति दीर्घकालिन कार्ययोजना तयार गरी कार्यन्वयन गदै गएको छ । संस्थाको कर्मचारी संरचनालाई चुस्तदुरुस्त बनाउन स्वेच्छिक अवकास योजनामा २२ जना अधिकृतस्तर कर्मचारी कटौती गरिएको, कारोबार कम हुने शाखालाई गाभिएको, लामो समयदेखि हुन नसकेको साधारणसभा गत वर्ष चैतमा सम्पन्न गरेको, गरिमालाई नियमित बनाएको, विगत ११ वर्षदेखि सार्वजनिक हुन नसकेको लेखापरीक्षण सम्पन्न गर्ने काम थालनी भई अन्तिम–अन्तिम अवस्थामा पुगेको छ । संस्थालाई सुधार गरी स्वस्थ बनाउन नेपाल सरकारसमक्ष पेश गरेको कार्ययोजना अनुसारको ४० करोड अनुदान तथा ऋण सहयोग प्राप्त भएमा साझाले जीवन्तता पाउने हुँदा राज्यको सहयोग अपरिहार्य छ । यदि राज्य यो विषयमा उदासीन भयो भने यस प्रकारको प्रभावकारी संस्थाको निर्माण कैयौ करोडको लगानीबाट पनि सम्भव
छैन ।
साझा प्रकाशनस“ग प्रचुर सम्भावना छन् । राणाकालमा जन्मिएको पञ्चायतले हुर्काएको र प्रजातन्त्रले संरक्षण दिएको यो संस्था आज मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्दा अवसानको क्षणमा पुग्दा यसले कुशल अभिभावकत्व खोज्नु स्वभाविक हो । आजका प्रमुख अतिथि, पूर्व प्रधानमन्त्रीज्यू र देशको उच्च राजनीतिक व्यक्तित्वबाट साझा प्रकाशनले पनि यस कठिन मोडमा जिम्मेवार अभिभाकत्व प्राप्त गर्ने अपेक्षा राख्नु अन्यथा हो जस्तो लाग्दैन ।
सबै नीतिको समाधान नै राजनीति हो । राजनीति दलगतभन्दा माथि उठेर देश विकासमा सबैले सोच्नुपर्ने बेला आएको
छ । देशभित्र रोजगारको अवसर नपाएर विदेशमा पसिना बेच्न बाध्य युवालाई देशभित्रै तिनको श्रम र पसिनाको सदुपयोग गरी आत्मनिर्भर बनाउन सके सबैको भलो हुने थियो । आजसम्म भएका राजनैतिक परिवर्तनमा साहित्यको अहम् भूमिका रहेको नकार्न सकिदैन । त्यसैले साझा प्रकाशनको समस्या समाधान पनि राजनीतिकसँग गाँसिएको कुरामा कुनै शंका छैन ।
अन्त्यमा
सामाजिक वस्तुस्थितिको सही चित्रण भएको साहित्यले जनताको मन र मस्तिष्कलाई तान्दछ, साहित्य देशको सामाजिक, आर्थिक, राजनैतिक र सांस्कृतिक अवस्थासँग अभिन्न रूपले गाँसिएको हुन्छ । त्यसैले साझा प्रकाशनजस्तो साहित्यिक धरोहरको संरक्षण को लागि सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहालज्यूबाट हालै बचन दिनुभएको अनुदान र ऋण गरी ४० करोड रकम छिट्टै प्राप्त हुनेछ भन्ने विश्वास सम्पूर्ण भाषा, साहित्य र कलाप्रेमीले गरेका छन् ।
आज लोकार्पण हुने कृतिका स्रष्टा राम विनयज्यूको घर बिनाको घर शीर्षक कथासङ्ग्रहको पुस्तक यस संस्थाबाट प्रकाशित गर्ने मौका दिनुभएकोमा स्रष्टाप्रति हार्दिक आभार व्यक्त गर्दछु । उहाँले साझा बचाउ आन्दोलनमा सरिक भई हामीलाई हरेक कोणबाट सल्लाह, सुझाव र सहयोग गरेर ऋणी तुल्याउनुभएको छ । आगामी दिनमा समेत उहाँको राजनीति र साहित्यमा उत्तररोत्तर प्रगतिको कामना गर्दछु ।
व्यस्त समयका बावजुद पनि हाम्रो निमन्त्रणा स्वीकार गरेर संस्थाको यथार्थ वस्तुस्थिति आत्मसात् गर्न स्वयं उपस्थित हुनुभएकोमा प्रमुख अतिथिप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्न चाहन्छु । यहाँको सद्भाव, सहयोग र मार्गनिर्देशन संस्थाले सधैँ प्राप्त गर्नेछ भन्ने विश्वास गर्दछौँ ।
साथै साझा प्रकाशनको सुखदुखलाई नजिकबाट नियाल्ने संस्थाका शेयर सदस्यहरू तथा वर्तमान सञ्चालक समितिका पदाधिकारी एवं स्रष्टाहरूको नियमित र निरन्तर मार्गदर्शन संस्थाका लागि अतुलनीय छ । म साझा प्रकाशको नतेत्वमा आएदेखि साझा बचाउ आन्दोलनमा आफ्नो पद प्रतिष्ठालाई बिर्सेर एउटै साझा मालामा गाँसिएर लागिपर्नु भएका अग्रजहरू, देश विदेशमा रहनुभएका साहित्यिक स्रष्टाहरूमा धन्यवाद व्यक्त गर्दछु उहाँहरूबाट निरन्तर सल्लाह र सुझावको अपेक्षा समेत गर्दछु ।
संस्थामा कार्यरत सम्पूर्ण कर्मचारी साथीहरूले मेरो काम, कर्तव्य र जिम्मेवारी वहन गर्ने सन्दर्भमा दिलैदेखि दिनुभएका सल्लाह र सहयोगप्रति धन्यवाद दिन चाहन्छु । संस्थाको यथार्थ वस्तुस्थिति दर्शक, श्रोता र पाठकमाझ पु¥याउन सहयोग गर्नुहुने सम्पूर्ण पत्रकार मित्रहरूप्रति आभार व्यक्त गर्नु मेरो कर्तव्य हो । फेरि एक पटक आजको यो गरिमामय कार्यक्रमलाई सफल बनाउन उपस्थित भइदिनु भएकोमा प्रमुख अतिथिज्यू एवं सबै सहभागीप्रति पुनः आभार व्यक्त गर्दै बिदा हुन्छु ।

जय साहित्य ! जय साझा ! जय देश !

डोलिन्द्रप्रसाद शर्मा

© 2016 Sajha Prakashan. All Rights Reserved...