प्रेस विज्ञप्ति


मिति २०७५।०२।४
प्रेस विज्ञप्ति

छाङ्छालाई साझा पुरस्कार

प्रकाशनको माध्यमबाट भाषा–साहित्य, कला–संस्कृति, शिक्षा र वाङ्मयका विविध क्षेत्रको विकास र विस्तारमा क्रियाशील साझा प्रकाशनबाट वर्षभरि प्रकाशित सर्वोत्कृष्ट ग्रन्थलाई प्रदान गरिने साझा पुरस्कार— २०७३ दोहाको सिधा उडान यात्रासाहित्यका लागि स्रष्टा श्री जय छाङ्छालाई प्रदान गर्ने निर्णय भएको छ ।
त्यसै गरी गरिमा सम्मान पुरस्कार— २०७३ पद्य विधातर्प गरिमा वर्ष ३५ अङ्क ६ पूर्णाङ्क ३८५, मा प्रकाशित ‘पानी जस्तै म’ शीर्षक कविताका लागि कवि श्री उषा शेरचन र गद्य विधातर्पm गरिमा वर्ष ३५ अङ्क ३, पूर्णाङ्क ३८२, मा प्रकाशित ‘मास्कमाडौँहरूको महामाडौँ शीर्षक रचनाका लागि प्रा।राजेन्द्र सुवेदी।सम्मानित हुनुहुने भएको छ ।
साझा बालसाहित्य पुरस्कार २०७३, २५ प्रतिमा पुस्तकका लागि स्रष्टा गोपाल पराजुली र साझा लोकसाहित्य पुरस्कार उखान सिद्धान्त र विश्लेषण पुस्तकका लागि स्रष्टा प्रा।डा। कुलप्रसाद कोइरालालाई प्रदान गर्ने निर्णय भएको छ ।
साझा पुरस्कारको राशि ५१ हजार, साझा बालसाहित्य र साझ लोकसाहित्य पुरस्कारको राशी १५ –१५ हजार तथा गरिमा सम्मान पुरस्कारको राशि १०–१० हजार रुपियाँ रहेको छ ।

डोलिन्द्रप्रसाद शर्मा
अध्यक्ष तथा महाप्रबन्धक

© 2016 Sajha Prakashan. All Rights Reserved...