बेलायतमा साझाको पुस्तक प्रदर्शनी

साझा प्रकाशनले पहिलोपटक बेलायतमा पुस्तक प्रदर्शनी सम्पन्न गरेको छ । नेपाल–बेलायतको दौत्य सम्बन्धको द्विशतवार्षिकी पूरा भएको अवसरमा त्यहाँ अवस्थित नेपाली दूतावासको आयोजनामा पुस्तक प्रदर्शनीको आयोजना गरिएको हो । प्रदर्शनीमा साझा प्रकाशनबाट प्रकाशित दुईसय शीर्षकका तीन हजारभन्दा धेरै पुस्तक राखिएकोमा सबै पुस्तक बिक्रि भएको छ । पुस्तक प्रदर्शनीसँगै नेपाली दूतावास परिसरमा साहित्य महोत्सवको आयोजना समेत गरिएको थियो ।

© 2016 Sajha Prakashan. All Rights Reserved...