बेलायतमा साझा प्रकाशनको साहित्यिक सहयोग समिति गठन

 

 

साझा प्रकाशन बचाऊ अभियानअन्तर्गत बेलायतमा साहित्यिक सहयोग समिति गठन भएको छ । नेपाल–बेलायत दौत्य सम्बन्ध स्थापनाको द्धिशतवार्षिकी पूरा भएको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजित साहित्यिक महोत्सव र पुस्तक प्रदर्शनीपछि साहित्यकार विकलचन्द्र आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको हो । साझा प्रकाशनका कृतिलाई अन्र्तराष्ट्रिय बजारमा लैजाने उद्देश्य अनुरुप समिति गठन गरिएको हो । समितिका संरक्षकमा बेलायतका लागि नेपाली राजदूत एवम् साहित्यकार डा.दुबसु क्षेत्री तथा सदस्यमा जयालक्ष्मी राई, विश्वासदीप तिगेला, देवेन्द्र खदेरा, कृष्ण बजगाई , सुमलकुमार गुरुङ्ग , डा.सोहन घिमिरे, सुमाया राई , लक्ष्मी राई लारा , दुर्गाप्रसाद पोखरेल र डा.रुपक श्रेष्ठ रहनुभएको छ ।

© 2016 Sajha Prakashan. All Rights Reserved...