संस्थाका महाप्रबन्धकले संचालक समितिमा पेश गर्नुभएको संस्थाको पछिल्ला गतिबिधिहरु

उत्पादन पछि विक्रि वितरणको मुनाफाबाट संस्था चलाउनु साझाको यथार्थ बाध्यता हो । त्यही मुनाफाबाटै साझाका कर्मचारीले तलव खान्छन् भन्ने कुरालाई राम्रोसंग बुझन र बुझाउन नसक्नु साझाका लागि ठूलो दुर्भाग्य बनेको छ । नेपाली भाषा, साहित्य , संस्कृति र पत्रकारिता समेतको जर्गेना गर्नु , यी विषयसंग सम्बन्धित कृतिहरु प्रकाशन गरेर देश विदेशसम्म पु¥याउनु साझाको मुख्य लक्ष्य भएको कुरा सर्वविदितै छ । साहित्य र लेखकको सेवा गर्दै साहित्यिक बगैचाको मालीका रुपमा काम गर्नुपर्ने एकमात्र दायित्व साझाका कर्मचारीहरुको हो । यसैले साझा प्रकाशनसँग जोडिएका सबैको चेतना अलि पृथक हुनु जरुरी छ ।
साझा गम्भीर अवस्थामा छ भन्ने कुरालाई मैले जोड दिनु पर्दैन । साझाको यो अवस्था हुनु साझाकै कर्मचारी र तत्तत् समयका व्यवस्थापनको लापरवाही र चरम कमजोरीका कारण हो भन्ने कुरालाई पनि दोहो¥याउनु पर्दैन । पवित्र भावना बोकेको यो सानो संस्थालाई सफल बनाउनु हामी सबैको कतव्र्य हो । यसैले सञ्चालक ज्यूहरु र सम्पूर्ण कर्मचारी साथीहरुलाई संकुञ्चित भावनाबाट मुक्त हुन आग्रह गर्दछु । पार्टी र व्यक्तिभन्दा माथि उठ्न अनुरोध गर्दछु । बिग्रिएको साझालाई एकपटक सपार्न सबैले स्वार्थ त्यागौ भन्ने पक्षमा म छु । हामी कानूनी राज्यमा छौँ । साझा प्रकाशन पनि कानूनी राज्यको एक अङ्ग हो । कानूनी दायरामा रहेर संस्थाहितका पक्षमा काम गर्न हामी एक हुनै पर्छ ।
कामको सिलसिलामा व्यवस्थापनका पक्षबाट कहीकतै गल्ती भएका छन्, भने साझाकै प्राङ्गणमा निवारण गर्न सक्नुपर्छ । जानीजानी संस्थामाथि घात गर्ने काम कसैले गरेको प्रमाण भेटिन्छ भने त्यस्ता व्यक्तिमाथि कारबाही गर्न डराउनु हुँदैन भन्ने मान्यतामा म रहेको छु । शंका गरेर भित्रभित्रै वसिरहनु भन्दा पनि शंका लागेका विषयमाथि खोज अनुसन्धान गरेर त्यस्ता व्यक्तिलाई कारवाही गर्नु जरुरी हुन्छ । यसमा सञ्चालकज्यूहरू र कर्मचारी साथीहरूले साथ र आँट दिन सक्नुपर्छ । संस्थालाई बलियो बनाउन बाहिर जानै पर्दैन ,हामी घरभित्रै बलियो हुन सक्यौँ भने संस्था स्वतः बलियो हुनेछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग , प्रधानमन्त्रीको कार्यालय, शिक्षा मन्त्रालय र सम्पूर्ण सरोकार निकायहरूमा उजुरबाजुर गर्दै हिँड्नु भन्दा संस्थाभित्रका कामलाई पारदर्शी गरौँ । आपूm इमान्दार बनौँ । साझामा रहुञ्जेल उदारहरणीय काम गर्ने प्रयास गरौँ । संस्था आपैmँ राम्रो हुन्छ । संस्थाभित्र बसेर संस्थाको हित विपरित काम गर्ने अनि सम्बन्धित निकायहरूमा उजुरबाजुर गरेर अफवाह पैmलाउने रोगले साझा ग्रसित छ । मेरा लागि यो जन्जिर पनि हो । यो जन्जिर तोड्नु र संस्थालाई षड्यन्त्रबाट बाहिर निकाल्नु मेरो मात्र होइन हामी सबैको चुनौति पनि हो । यी जन्जिरे चुनैतीलाई तोड्न म जस्तोसुकै परिस्थतीसँग जुध्न तयार छु ।
दश वर्ष देखि रोकिएको संस्थाको लेखापरिक्षण गराउनु, २३ औँ साधारणसभा सम्पन्न गराउनु, संस्थालाई उत्पादन मैत्री बनाउनु, संस्थाको विगत, वर्तमान र भविष्यको मार्गचित्र निर्माण गर्दै संस्थालाई दिर्घजिवी बनाउने प्रयास गर्नु अहिलेसम्मको मेरो कार्यकालका उपलब्धि हुन् भन्ने ठान्दछु ।
सम्पूर्ण अंशियार, सरोकारवाला निकाय, सञ्चालकज्यूहरू र कर्मचारी साथीहरूले साझाको ऐनाबाट सिंगो देशको तस्बिर हेरौँ । साझालाई भिन्न र सफल संस्थाको रूपमा स्थापित गर्न सक्यौँ भने मुलुकका लागि ठूलो उदाहरणीय हुनेछ । साझालाई सफल बनाउनकै लागि संस्थाले २६ बुँदे कार्ययोजना सार्वजानिक गरेको छ । तपाईंहरू सबैले ती कार्ययोजनाहरूलाई सफल कार्यान्वयन गराउन साथ दिनुहुन्छ भन्ने पूर्ण विश्वास गरेको छु ।
२६ बुँदे कार्ययोजना कार्यान्वयनका लागि जम्मा एक वर्षको समय मैले मागेको छु । यो एक वर्षसम्म साझाका कर्मचारी र संचालकज्यूहरु सकरात्मक मात्रै बनिदिनुभयो भने साझाले काँचुली फेर्नेमा कुनै शंका छैन । मैले काम गर्दा जानीजानी या सुनियोजित ढंगबाट संस्थाको हित विपरित काम गरेको तपाईंहरूले भेटेमा जस्तोसुकै कारबाही भोग्न म तयार छु । तर संस्था सिध्याउन संस्थाभित्रबाटै र बाहिरबाट पनि चलखेल गर्नेहरूलाई मैले कारबाही गर्ने सन्दर्भमा तपाईंहरूले रोक्नु हुन्न भन्ने कुरामा विश्वस्त छु ।
सुचारु भएका कामहरूः
१. एक काम एक पटक साझा प्रकाशन, उत्पादनमैत्री वातावरण, भ्रष्टाचार रहित संस्था हाम्रो प्रतिबद्धता भन्ने अभियानका साथ तीनहजार पत्र विभिन्न निकायमा पठाएको ,फलस्वरूप संसद् विकास कोष अन्तर्गत सासंदज्यूहरूलाई साझा प्रकाशनका पुस्तकहरू बिक्री गर्ने काम सुरु भएको छ ।
२. काम पछि माम भन्ने अभियान अन्तर्गत बैशाख १ गते देखि उत्पादित वा उत्पादन हुने कृतिहरूलाई बजार व्यवस्थापन गरी मात्र तलब वितरण गर्ने संस्थाको नीति अुनुरूप कार्यलाई अक्षरस कार्यन्वयन गरिदैछ ।
३. एक वर्षदेखि बन्द भएका छपाई मेसिनहरू सुचारुमात्र भएका छैनन् चौबिसै घण्टा चलेका छन् ।
४. गोदाममा मक्किएर रहेका पुस्तकलाई बजारमा पठाउने काम भएको छ ।
५. बजारले खोजेका पुस्तकहरूलाई प्रकाशन गर्ने कामलाई तिव्रता दिइएको छ ।
६. राम्रा लेखकहरू जस्तै विश्वेश्वर प्रसाद कोइराला, पारिजात, कृष्ण धरावासी लगायतका साझाबाट प्रकाशित कृतिहरू बाहिरबाट प्रकाशन हुन लागेको सन्दर्भमा ती कृतिहरूलाई पुनः साझामै फिर्ता गराइएको छ ।
७. २३ औँ साधारणसभा सम्पन्न गर्ने मात्र काम भएन साधारण सभाले दिएका म्यान्डेटहरू लगभग सबै सम्पन्न गरिनुका साथै २४ औँ साधारण सभाको तयारी गरिँदै छ ।
८. संस्थाका बारेमा पैmलाइएका हल्लाहरूलाई यथार्थ रूपमा अध्ययन अनुसन्धान गरी जेठ महिना भित्र सत्यतथ्य बाहिर ल्याउने काम गरिदैँ छ ।
९. ११ वर्ष देखि रोकिएको लेखापरिक्षणलाई अगाडि बढाउने काम तिव्र रूपमा गरिदँै छ । लेखापरिक्षण गरियो भने संस्थाका धेरै समस्याहरू साम्य हुने विश्वास गर्न सकिन्छ ।
१०. संस्थालाई काम लाग्ने दक्ष कर्मचारीको पहिचान गर्दै उनीहरूलाई प्रोत्साहन गर्ने काम भएको छ र काम नै नगरी घाम तापेर संस्थाको विरुद्धमा हल्ला गर्नेहरूलाई बिदा गर्ने काम पनि गरिएको छ ।
११. असार मसान्त भित्र संस्थालाई संस्थागत रूपमा बलियो बनाउनका लागि प्रशासनिक र आर्थिक व्यवस्थापनलाई चुस्त बनाउने काम भएको छ ।
१२. भुकम्पले क्षतविक्षत भएका भवनहरूलाई निर्माण गर्ने योजनाअनुसार नक्सा सहित सम्बन्धित निकायहरूमा फाइल पेश मात्र गरिएको छैन निरन्तर फलोअप गर्ने काम भईराखेको छ ।
१३. अंशियारहरूको परिचय सहितको डायरी प्रकाशन गर्ने काम भैरहेको छ ।
१४. साझा प्रकाशन डुब्यो भन्दै संस्थामा प्रवेश नै नगर्ने स्रष्टाहरूलाई पुनः संस्थामा आकर्षित गर्ने काम भएको छ ।
१५. समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू, राजनीतिज्ञहरू र विभिन्न पेशामा आबद्ध सफल व्यक्तिहरूलाई साझाको अंशियार बनाउने काम गरिएको छ । यसलाई निरन्तर राखिएको पनि छ ।
१६. अङ्ग्रेजी विभाग नै खडा गरी नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने काम भएको छ । यो कार्यले नेपाली साहित्य अन्तर्राष्ट्रिय जगतमा पैmलने मात्र होइन विभिन्न मुलुकमा रहेका नेपाली स्रष्टाहरू गोलबद्ध हुने अवस्थाको सिर्जना भएको छ । साथै साझा प्रकाशन अन्र्तराष्ट्रिय समन्वय कमिटिको गठन गर्ने प्रक्रिया समेत अन्तिम अवस्थामा पुगेको छ ।
१७. साझाले अन्तर्राष्ट्रिय स्तरमै आफ्नो उपस्थिति जनाउँदै छ । यो कार्यले पूर्णता पाएमा नेपाली साहित्यले सहज ढंगबाट विश्व बजारमा प्रवेश पाउने छ । त्यसैको प्रतिफल स्वरुप साझा प्रकाशन साहित्यिक मञ्च बेलायत गठन गरी अन्य देशमा समेत गठन गरिने प्रक्रिया अवलम्बन गरिएको छ ।
१८. संस्थाले भुक्तानी गर्नुपर्ने बाँकी रकम क्रमश भुक्तानी गर्दै गएको र यसले साझाको छविलाई माथि उठाएको देखिन्छ ।
१९. एक वर्षभित्रमा साझालाई नीजि प्रकाशन गृहसँग प्रतिस्पर्धा गर्नेगरी काम गरिदैँ छ । साथै सोही अनुरूपका योजना लिएर अगाडिको बाटो तय गरिएको छ ।
२०. साझालाई वैज्ञानिक र आधुनिक प्रणाली अन्तर्गत अगाडि बढाइएको छ । जसमा कम्प्युटर बिलिङ, इ बुक अवधारणा, वेभसाइट निर्माण र लेखालाई कम्प्युटर प्रणालीमा लानुले साझा आधुनिक र सबल बन्दैछ भन्ने प्रमाणित गर्दछ ।
२१. यी सबै योजनाको सुक्ष्म निगरानी गर्नु जरुरी छ । यसैले साझाका सम्पूर्ण गतिविधिहरूलाई सिसि क्यामराबाट निगरानी गरिने तयारी भएको छ ।
२२. घोषणा गरीएका साझा पुरस्कार र घोषणा गर्न बाँकी पुरस्कारहरू घोषणा गरी संयुक्त रूपमा वितरण गर्ने तयारी भैसकेको छ ।
अत ः सञ्चालक समिती सदस्यज्यूहरू, कर्मचारी साथीहरू, अंशियार महानुभावहरू र सरोकारवाला निकायहरूसँग म विनम्र अनुरोध गर्दछु , साझा प्रकाशनका कार्यशैलिमाथि तपाईंलाई कुनै जिज्ञासा छ भने जिज्ञासा मेटाउनका लागि तपाईंहरूलाई सम्पूर्ण कागजात उपलब्ध गराउन संस्था तयार छ । फेरि पनि आग्रह गर्दछु, माथि उल्लेख गरिएका कार्यहरूलाई सफल बनाउन एक पटक सबै जिम्मेवार बनौँ । हामीले नै साझाजस्ता कैयन बिग्रीएका र असफल भएका संस्थाहरूलाई पुनः निर्माण गरी नमूना पेस गर्नुछ ।
डोलिन्द्रप्रसाद शर्मा
महाप्रबन्धक

 

© 2016 Sajha Prakashan. All Rights Reserved...