साझा प्रकाशनबाट २०७३ चैत्र १३ देखि १९ गतेसम्म सम्पादन भएका कामहरूको विवरण

१. साझा प्रकाशनले पहिलोपटक बेलायतमा पुस्तक प्रदर्शनी सम्पन्न गरेको छ । नेपाल–बेलायतको दौत्य सम्बन्धको द्विशतवार्षिकी पूरा भएको अवसरमा त्यहाँ अवस्थित नेपाली दूतावासको आयोजनामा पुस्तक प्रदर्शनीको आयोजना गरिएको थियो । प्रदर्शनीमा साझा प्रकाशनबाट प्रकाशित दुईसय शीर्षकका तीन हजारभन्दा धेरै पुस्तक राखिएकोमा सबै पुस्तक बिक्रि भएको छ । पुस्तक प्रदर्शनीसँगै नेपाली दूतावास परिसरमा साहित्य महोत्सवको आयोजना समेत गरिएको थियो ।
२. साझा प्रकाशन बचाऊ अभियानअन्तर्गत बेलायतमा साहित्यिक सहयोग समिति गठन भएको छ । साहित्यकार विकलचन्द्र आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको हो । साझा प्रकाशनका कृतिलाई अन्र्तराष्ट्रिय बजारमा लैजाने उद्देश्य अनुरुप समिति गठन गरिएको हो । समितिका संरक्षकमा बेलायतका लागि नेपाली राजदूत एवम् साहित्यकार डा.दुबसु क्षेत्री तथा सदस्यमा जयालक्ष्मी राई, विश्वासदीप तिगेला, देवेन्द्र खदेरा, कृष्ण बजगाई , सुमलकुमार गुरुङ्ग , डा.सोहन घिमिरे, सुमाया राई , लक्ष्मी राई लारा , दुर्गाप्रसाद पोखरेल र डा.रुपक श्रेष्ठ रहनुभएको छ ।
३. पुरानो स्टक सकिएको तर बजारमा अत्यधिक माग भइरहेको पुस्तकमध्य नेपाली शाकुन्तल महाकाव्य जिउँदो लास र पत्थरको कथाको पुन मुद्रण कार्य सम्पन्न भएको छ ।

© 2016 Sajha Prakashan. All Rights Reserved...