साझा प्रकाशनबाट २०७३ फागुन १ देखि ७ गतेसम्म सम्पादन भएका कामहरूको विवरण

१. मिति २०७३।११।०१ गते नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषाल र वरिष्ठ निवन्धकार घनश्याम राजकर्णिकारले साझा प्रकाशनको अवलोकन भ्रमण गर्नुभएको छ । अवलोकन भ्रमण पश्चात् उहाँले साझालाई दिगो र कमाइखाने संस्थामा विकसित गर्न सरकारले साझाले विगतमा पाएको जिम्मेवारी पुनः दिन आफनो तर्फबाट पहल गर्नुका साथै साझा प्रकाशनको २६ बुँदे सुधारका कार्ययोजनामा आफनो र पार्टीको तर्फबाट साथ एंव समर्थन रहने धारणा ब्यक्त गर्नुभयो ।
२. मिति २०७३।११।०२ गते साहित्यकार नेरन्द्र राज पौडेलको रोबोटका आँखा र डा.बिन्दु शर्माको नयाँ पुस्तक नेपाली गीतिनाटक स्वरुप र प्रवृत्तिको साझा प्रकाशनले प्रकाशित कार्य सम्पन्न गरी बिक्रि बितरणका लागि बजारमा समेत पठाइसकेको छ ।
३. मिति २०७३।११।०४ गते अखिल नेपाल महिला संघ क्रान्तिकारीका उपाध्यक्ष गंगा वेल्बासे , महासचिब रेणु दाहाल र वरिष्ठ कलाकार सन्तोष पन्तले साझा प्रकाशनको भ्रमण अबलोकन गर्नुभयो । भ्रमण अबलोकन पश्चात् उहाँहरुले साझाको ऐतिहासिक महत्वलाई जगेर्ना गर्नु सबैको दायित्व भएको बताउनुभयो ।
४. मिति २०७३।११।०५ गते बि.सं. २०३९ साल पुस महिनादेखि साझा प्रकाशनबाट नियमित रुपमा प्रकाशित हुँदै आएको नेपाली भाषाको साहित्यिक पत्रिका गरिमाको नयाँ पूर्णाङ्क ३८६ बजारमा विक्रि वितरणका लागि पठाइसकिएको छ ।
५. एक पटक एक काम ः साझा प्रकाशन, उत्पादनमैत्री वातावरण ः भ्रष्टाचार रहित संस्था हाम्रो प्रतिबद्धता भन्ने अभियानअनुरुप नेपाल सरकारका मन्त्रीज्यू, सचिवज्यू, मन्त्रालय, विभाग, संवैधानिक निकाय, ७५ वटै जिल्ला विकास समितिहरूमा अनुरोध गरिएको छ ।
६. मिति २०७३।११।०६ गते शुक्रबारका दिन साझा प्रकाशनमा साहित्यकारहरुसँग बिबिध बिषयका बारेमा छलफल सम्पन्न गरिएको छ ।

© 2016 Sajha Prakashan. All Rights Reserved...