साझा प्रकाशनबाट २०७३ माघ १५ देखि २१ गतेसम्म सम्पादन भएका कामहरूको विवरण

  1. १. मिति २०७३।१०।२० गते संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति एंव साहित्यकार सरुभक्तले साझा प्रकाशनको भ्रमण अवलोकन गरी साझा प्रकाशनबाट उहाँको कृतिको पुन मुद्रण तथा थप नयाँ कृति प्रकाशनबारे छलफल गर्नुका साथै आगामी दिनमा साझा बचाउ अभियानमा आफनो पनि ऐक्यवद्धता र साथ रहेको प्रतिबद्धता जनाउनुभएको छ ।
  2. २. मिति २०७३।१०।२१ गते साहित्यकार रुकु कार्की र कृष्ण बजगाईको नयाँ पुस्तक बन्धनबाट मुक्ति र युरोसियाको स्पर्श साझा प्रकाशनले प्रकाशित कार्य सम्पन्न गरेको छ । साहित्यकार रुकु कार्कीको पुस्तक बन्धनबाट मुक्ति ५०० थान बिक्रि समेत भएको छ ।
  3. ३. मिति २०७३।१०।२१ गते पुरानो स्टक सकिएको तर बजारमा अत्यधिक माग भइरहेको पुस्तकमध्ये लालित्य — २ को पुन  मुद्रण कार्य सम्पन्न भएको छ ।
  4. ४. साझा प्रकाशनका परियोजनाअन्तर्गतका पुस्तक विद्यालयहरूमा प्रयोग गराउन पाठ्यक्रम विकास केन्द्रसँग स्वीकृतिका माग गरिएको छ ।
  5. ५. बि.सं. २०३९ साल पुस महिनादेखि साझा प्रकाशनबाट नियमित रुपमा प्रकाशित हुँदै आएको नेपाली भाषाको साहित्यिक पत्रिका गरिमाको बार्षिक ग्राहक वृद्धि अभियान अन्र्तगत आस्था के.सी सदस्य बन्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *