साझा प्रकाशनबाट २०७३ माघ ९ देखि १४ गतेसम्म सम्पादन भएका कामहरूको विवरण

साझा प्रकाशनबाट २०७३ माघ ९ देखि १४ गतेसम्म सम्पादन भएका कामहरूको विवरण

नेपाली भाषा–साहित्य, कला संस्कृतिको उन्नयनमा समर्पित गोरखा भाषा प्रकाशिनी समिति र नेपाली भाषा प्रकाशिनी समितिको उत्तराधिकारी प्राज्ञिक संस्था साझा प्रकाशनलाई जीवन्त राख्न साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक श्री डोलिन्द्रप्रसाद शर्माज्यूले मिति २०७३।१०।५ एक पटक एक काम : साझा प्रकाशन भन्ने मूल अभियानसाथका साझा प्रकाशन सुधार कार्ययोजना सावर्जनिक गर्नुभएको छ ।
एक पटक एक काम : साझा प्रकाशन अभियानअन्तर्गत पहिलो चरणमा नेपाल नेपाल सरकारका सबै मन्त्रालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्रण तथा पुस्तकालयका लागि साझा प्रकाशनका पुस्तक खरीद गरिदिन अनुरोध गरी पत्र पठाइएको छ ।
सम्मानीत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयोजनामा मिति २०७३।१०।१२ गतेको शिक्षा मन्त्रालयअन्तर्गतका निकायहरूको बैठकमा साझा प्रकाशनका तर्फबाट संस्थाका अध्यक्ष तथा महाप्रबन्धकज्यूले भाग लिई विद्यालयस्तरीय पाठ्यपुस्तक उत्पादन तथा वितरणका लागि साझा प्रकाशनलाई समेत जिम्मेवारी दिने सन्दर्भमा आयोगबाट भएका निर्देशन कार्यन्वयनका लागि पहल गरिदिन अनुरोध गर्नुभयो । साथै संस्था अन्य समसामयिक गतिविधिका बारेमा बैठकमा जानकारी गराउनुभएको थियो ।
माननीय बद्री पाण्डे, सिन्धु जलेसा बुढाथोकी तथा आमागंगा बेलबासेज्यूद्वारा साझा प्रकाशनको अवलोकन भ्रमण गरी संस्थाको गतिविधिका बारेमा जानकारी लिनुभयो ।
साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धकज्यूले आफ्नै कार्यकक्षमा मिति २०७३।१०।१३ गते स्टाफ बैठक आयोजना गरी कर्मचारीलाई आफ्नो काममा कुशलतापूर्वक वहन गर्न निर्देशन दिनुभयो ।
माननीय श्री निशा शाहज्यूले मिति २०७३।१०।१४ गते साझा प्रकाशनको अवलोकन भ्रमण गरी संसद विकास कोषको रकमबाट पुस्तक खरीद गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मिति २०७३।१०।१४ गते साझा प्रकाशनमा सञ्चालक समितिको बैठक बसी बिबिध बिषयमा छलफल भएको छ ।

© 2016 Sajha Prakashan. All Rights Reserved...