साझा प्रकाशनबाट २०७४ बैशाख १५ देखि जेठ २६ गतेसम्म सम्पादन भएका कामहरूको विवरण

१. साझा प्रकाशनको मौजुदा प्रशासनिक , सांगठनिक तथा कर्मचारी संरचनालाई समायानुकूल बनाउन संस्थाको कार्यक्षेत्र, कार्यबोझ लगायतका समग्र पक्षको अध्ययन गरी कुन कुन शाखा , महाशाखा र कार्यालयका कुन कुन स्थानमा कति कर्मचारी आवश्यक पर्छन् , संस्थामा हाल भएका जनशक्तिलाई ब्यवस्थापन गर्दा कुन कुन ठाँउमा कति कर्मचारी आवश्यक पर्छ या पर्दैन भन्ने बिषयलाई मध्यनजर गर्दै मानवसंशाधन समिति गठन गरिएको छ । पाँच सदस्यीय गठित समितिले सबै कुराको बिस्तृत विवरण सहित तीन महिनाभित्र प्रतिवेदन पेश गर्नेछ ।
२. यसैगरी साझा प्रकाशनमा कर्मचारी बढुवा तथा आन्तरिक प्रतिस्पर्धाद्धारा पदपूर्ति गर्ने कमिटी गठन गरी प्रक्रिया अघि बढाइएको छ ।
३. नेपाल सरकार शिक्षा मन्त्रालय पाठयक्रम विकास केन्द्रले सामुदायिक विद्यालयस्तरमा अध्यापन गराइने अङ्ग्रेजी माध्यमका अनुवाद पाठयपुस्तक उत्पादन तथा बिक्री वितरणको जिम्मेवारी साझा प्रकाशनलाई दिएको छ । साझा प्रकाशनले हाल कक्षा ३ देखि ९ सम्मका सम्पूर्ण विषयको पाठयपुस्तकहरु १५ हजार सेटका दरले उत्पादन तथा स्टोर दाखिला गरी बिक्री वितरणको व्यवस्था मिलाएको छ ।
४. लेखक प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाद्धारा लिखित उखान सिद्धान्त र विश्लेषण , यशोदा अधिकारीको जुरेली र मयूर , रामप्रसाद पन्तको प्रमुदित पैतला र भरत शेर्नालीको महाभारत भवसागर साझा प्रकाशनले प्रकाशित कार्य सम्पन्न गरी बिक्री बितरणका लागि बजारमा पठाइसकिएको छ ।
५. पुरानो स्टक सकिएको तर बजारमा अत्यधिक माग भइरहेको पुस्तकमध्य अरुण उपत्यकाका लोक कथा— २ , भाषा बिज्ञान , आँसु त्यसै त्यसै छचल्किन्छ , हाम्रो लोक कथा , बसाँइ , तीन घुम्ती , मुना— मदन , साझा कथा , मावलीको यात्रा , भोक र भित्ताहरु , शेक्सपियरका कथा संग्रह , बाघ मारेको लालसलाम , मेरा जीवनका पानाहरु , किँराती दन्त्यकथा र बह्मपूत्रको छेउछाउ पुस्तकको पुन मुद्रण कार्य सम्पन्न भएको छ ।

© 2016 Sajha Prakashan. All Rights Reserved...