साझा प्रकाशनबाट २०७४ बैशाख १ देखि १५ गतेसम्म सम्पादन भएका कामहरूको विवरण

१. २०७४ बैशाख ८ गते शुक्रबार साझा प्रकाशन सञ्चालक समितिद्धारा गठित छानबिन समितिको बैठक सम्पन्न भएको छ ।
२. २०७४ बैशाख १० गते आईतबार साझा प्रकाशनको शाखा कार्यालय प्रदर्शनमार्गमा कर्मचारीहरुसँगको बैठक सम्पन्न भएको छ । बैठकमा साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माज्यूले त्यहाँको पछिल्लो अवस्थाको बारेमा जानकारी लिदै भाबी कार्ययोजनाका बिषयमा छलफल गर्नुभएको छ ।
३. साझा प्रकाशनको परियोजना अन्तर्गतका कार्यमा साझा अंग्रेजी स्विकृत भएको छ । यस्तै, परियोजना अन्र्तगतका अन्य पुस्तकहरु नुवाकोट , पोखरा , धनगढी , स्याङ्जा , सप्तरी , जनकपुर , चितवन लगायतका अन्य जिल्लामा पठाइएको छ ।
४. लेखक जीत बहादुर शाहद्धारा लिखित नयाँ पुस्तक विद्यार्थी देब भब साझा प्रकाशनले प्रकाशित कार्य सम्पन्न गरी बिक्रि बितरणका लागि बजारमा पठाइसकेको छ ।
५. पुरानो स्टक सकिएको तर बजारमा अत्यधिक माग भइरहेको पुस्तकमध्य गुरुप्रसाद मैनालीद्धारा लिखित पुस्तक नासो , शंकर लामिछानेद्धारा लिखित एब्स्ट्रयाक्ट चिन्तन प्याज , तारानाथ शर्माको सम र समका कृति , लेखनाथ पौड्यालको तरुण तपसी र लेखकद्धय दिवाकार ढुङ्गेल र उषा दिक्षितद्धारा लिखित नेपाली बाल शब्दकोषको पुन मुद्रण कार्य सम्पन्न भएको छ ।

© 2016 Sajha Prakashan. All Rights Reserved...