हार्दिक अपिल

गोरखा भाषा प्रकाशिनी समिति हुँदै नेपाली भाषा प्रकाशिनी समितिको उत्तराधिकारीको रूपमा स्थापना भएको साझा प्रकाशन १ सय ५ वर्षे गौरवशाली इतिहास बोकेको दक्षिण एसियाकै सबैभन्दा पुरानो र नमुना प्राज्ञिक निकाय हो । नेपाली वाङ्मयको सेवामा साझा प्रकाशनको योगदान अद्वितीय छ । शिक्षा मन्त्रालय मातहतको निकाय साझा प्रकाशनले समग्र भाषासाहित्यको क्षेत्रमा गरेको कार्य कोसेढुंगा नै साबित भएको छ । दक्षिण एसियाको ऐतिहासिक धरोहर साझा प्रकाशनको संरक्षण तथा जीवन्तताका लागि सबै क्षेत्रको सहयोग तथा सहकार्य अमूल्य हुन्छ ।
साझा प्रकाशनबाट कक्षा ११ र १२ का विद्यार्थीको आधिकारिक कोर्षका पुस्तकको रूपमा सबैको नेपाली, ीष्लप भ्लनष्किज, एक चिहान पुस्तक उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ । साझा प्रकाशनले समयमै उक्त पुस्तक मुद्रण गरी सबै क्षेत्रमा प्रर्याप्त मात्रामा आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ । साझा प्रकाशनबाट प्रकाशित उक्त पुस्तकहरू मात्र प्रयोग गर्न गराउन सम्पूर्ण पुस्तक बिक्रेता, अभिभावक, विद्यार्थी, जिल्ला शिक्षा कार्यालय, लेखक, पत्रकारलगायत सरोकारवालाहरूमा साझा प्रकाशन हार्दिक अपिल गर्दछ ।
साझा प्रकाशनले लेखक तथा प्रकाशनको अधिकार संरक्षण गर्दै आएको छ । अतः साझा प्रकाशनबाट प्रकाशित पुस्तकहरूको आंशिक, पूर्ण अंश तथा पूरै पुस्तक नै डुब्लिकेट गरी अनधिकृत उत्पादन गरी बिक्रीवितरण तथा प्रयोग नगर्नुहोला । यदि यस्ता अनधिकृत कार्य गरिएको पाइएमा प्रतिलिपि अधिकार ऐन तथा प्रचलित नियमबमोजिम हदैसम्मको कानुनी कारबाहीका लागि कानुनी बाटो अवलम्बन गर्न साझा प्रकाशन बाध्य हुने व्यहोरा जानकारी गराइन्छ ।
नेपाल सरकार शिक्षा मन्त्रालयबाट साझा प्रकाशनलाई सामुदायिक विद्यालयस्तरका अङ्गे्रजी माध्यमका पाठ्यपुस्तक उत्पादन तथा बिक्रीवितरण जिम्मेवारी दिएको छ । उक्त पुस्तक उत्पादन तथा बिक्रीवितरणको कार्य भएकाले आफूलाई आवश्यक पर्ने पुस्तक खरिद गर्न पुस्तक बिक्रेता तथा विद्यालयहरूलाई जानकारी गराइन्छ ।
साझा प्रकाशन हामी सबैको सम्पत्ति हो । यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । साझा प्रकाशनसँग बौद्धिक सामग्रीको भण्डार छ । समाजलाई सुसंस्कृत र सिर्जनशील बनाउने साझा प्रकाशनको अभियानमा हातमालो गदै यसका कृतिलाई प्रवद्र्धनका लागि सहयोग गर्न सरोकारवाला सबैमा पुनः हार्दिक अपिल गर्दछु ।

(डोलिन्द्रप्रसाद शर्मा)
अध्यक्ष तथा महाप्रबन्धक

© 2016 Sajha Prakashan. All Rights Reserved...