उद्देश्यहरू



  • भाषा–साहित्यका विभिन्न विधाहरुको पुस्तकहरूको प्रकाशन र विकास गर्ने,
  • भाषा–साहित्यको श्रृजनामा नयाँ र पुराना साहित्यकारहरुको भूमिका स्थापना गर्ने,
  • उपयुक्त पाठ्यपुस्तकहरू र पाठ्यसामग्री तयार पारी तिनको सुव्यवस्थित र व्यापक बिक्रीवितरणका साथै राष्ट्रिय थोकवितरकको रूपमा विकास गर्दै जाने,
  • विद्यालय तथा विश्वविद्यालय तहका पाठ्यपुस्तकहरु र पाठ्यसामग्रीहरुको उत्पादन, विक्री वितरणका अतिरिक्त थोक वितरकको रुपमा कार्य गर्ने,
  • पुस्तक ब्यावसायको स्वस्थ्य विकास र पठ्न संस्कृतिको राष्ट्रिय अभियानमा सक्दो सहयोग गर्ने,
  • नेपाली साहित्यको विकासमा योगदान गर्ने, श्रमजीवी पत्रकार, कलाकार, लेखकहरूलाई एक सूत्रमा बाँधी उनीहरूको आर्थिक स्थिति उचाल्दै स्वस्थ र निश्पक्ष पत्रकारिताको विकास गर्ने;
  • आफ्ना सदस्यहरूको आर्थिक उन्नति, मितव्ययिता र सहयोगी भावना विकास गर्दै परिश्रमी र उन्नतिशील बनाउने ।
  • प्रकाशनको माध्यमबाट देशमा प्रचलित सबै भाषाको संरक्षण, संवर्धन एवम् विकास तथा अन्तर्राष्ट्रिय भाषाका पुस्तकहरू प्रकाशन गर्ने,
  • साहित्यिक पुस्तकहरू, विद्यालय, उच्च शिक्षा र विश्वविद्यालय तहका पाठ्य तथा सन्दर्भ पुस्तकहरूको प्रकाशन र देशव्यापी बिव्रmी वितरण गर्ने,
  • स्वदेशी तथा विदेशी विभिन्न भाषामा पुस्तकहरूको अनुवाद गर्ने एवम् लोकप्रिय पुस्तकहरूलाई पाठकको माग र महत्त्वअनुसार सचित्र प्रकाशन गर्ने,
  • पठन संस्कृतिको विकास र व्यवसाय प्रवर्धनका लागि पुस्तक प्रदर्शनी, गोष्ठी, सेमिनारको प्रभावकारी सञ्चालन गर्ने,
  • प्रभावकारी प्रकाशन तथा स्तरीय मुद्रण व्यवसायका लागि छापाखानाको स्तरवृद्धि तथा आधुनिकीकरण गर्ने ।
  • साहित्यिका विभिन्न विधालाई जगेर्ना गर्न विधागत पुस्कारको स्थापना र वितरण व्यवस्था गर्ने ।
Back to top button
Close