२०७४ सालमा प्रकाशित नयाँ पुस्तकहरू

१. नेपाली व्याकरणको पारिभाषिक शब्दकोश (व्याकरण) – डा. मीरा प्रधान २. रङ्गकर्मी बालकृष्ण सम र उनको रङ्गशिल्प (समालोचना) – सावित्री कक्षपती ३. डाइभर दिदी (कथासङ्ग्रह) – इन्द्रकुमार श्रेष्ठ ‘सरित’ ४. उज्यालोतिरका पाइलाहरू (जीवनीसङ्ग्रह) – जीवनाथ धमला ५. केही कृति केही स्वीकृति (समालोचना) – सुशीला भट्ट ६. Sajha all in one (text book) – Shankar Subedi, Dubasu Chhetri ७. केही गीत केही गजल (कवितासङ्ग्रह) – कालीप्रसाद रिजाल ८. बेकर स्ट्रिटका दुई आँखा (कथासङ्ग्रह) – जया राई ९. धर्तीमाता (आख्यान) – बलदेव मजगैयाँ १०. भानुभक्त आचार्यको जीवनवृत्त (जीवनी) – नरेन्द्रराज प्रसाई ११. जङ्गेको डायरी (उपन्यास) – बखतबहादुर थापा १२. पानीको फोका (गीतसङ्ग्रह) – डा. राजुबाबु श्रेष्ठ १३. शिक्षामा समसामयिक विषयहरू (लेखसङ्ग्रह – डा. हरिप्रसाद लम्साल १४. Golden dreams and narrow lane (stories) – हरिहर खनाल १५. देशभक्त महापुरुष (आख्यान) – मदनमणि दीक्षित १६. रङ्ग अभिज्ञान (निबन्धसङ्ग्रह) – तेजेश्वरबाबु ग्वंगः १७. अन्त्यहीन इच्छा (कथासङ्ग्रह) – गीता खत्री १८. डोट्याली उखान, टुक्कासङ्ग्रह (उखान – आर. डी प्रभास, राज्यलक्ष्मी चटौत १९. बाह्रखरीको बोटमुनि (निबन्धसङ्ग्रह) – दीनानाथ शर्मा २०. चराको गीत (कवितासङ्ग्रह) – कृसु क्षेत्री २१. अग्निनृत्य (काव्य) – रमेश श्रेष्ठ २२. साइबर सिद्धान्त र अन्य समालोचना(समा.) – ज्ञानु अधिकारी २३. आदिम आवाज (कवितासङ्ग्रह) – दिनेश अधिकारी २४. स्वच्छन्द साँझ (कथासङ्ग्रह) – रत्न प्रजापति २५. पहिल

२०७३ सालमा प्रकाशित नयाँ पुस्तकहरू

प्रकाशित पुस्तक                                                    मूल्य                   लेखक १. हात्ति (निबन्धसङ्ग्रह)                                     २५०।—          भैरव रिसाल २. बोन्स्री (उपन्यास)                                             १९९।—        बलदेव मजगैया ३. घरबिनाको घर (कथासङ्ग्रह)                             १७५।—          राम विनय ४. म पनि बग्दै छु साप्सु ! (कथासङ्ग्रह)                 १९०।—          टङ्क भट्टराई ५. समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य   २७०।—        डा. अमर गिरि (समालोचना) ६. माक्र्सवाद र सबाल्टर्न अध्ययन (समालोचना)     ५७०।—   डा. ऋषिराज बराल ७. एकेडेमिक राइटिङ (Acadimic writing) (पा.पु) २७०।     डा. पूर्णबहादुर कडेल ८. दोहाको सीधा उडान (नियात्रासङ्ग्रह)                   ३००।—          जय छाङ्छा ९. प्रतिज्ञाको पहाड (कवितासङ्ग्रह) 

संस्थाको आर्थिक गतिविधि

bank statement 184 (1) bank statement 245 (1)

पुन मुद्रण भएर आएका पुस्तकहरु

१. राष्ट्रनिर्माता २. महाभारत— भावसार ३. घुम्ने मेचमाथि अन्धो मान्छे ४. अरुण उपत्यकाका लोककथा ५. धर्तीको गीत ६. अतिरिक्त अभिलेख ७. साझा कथा ८. रङ्गकर्मी बालकृष्ण सम र उनको रङ्गशिल्प ९. नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास  

साझा प्रकाशनबाट २०७४ बैशाख १५ देखि जेठ २६ गतेसम्म सम्पादन भएका कामहरूको विवरण

१. साझा प्रकाशनको मौजुदा प्रशासनिक , सांगठनिक तथा कर्मचारी संरचनालाई समायानुकूल बनाउन संस्थाको कार्यक्षेत्र, कार्यबोझ लगायतका समग्र पक्षको अध्ययन गरी कुन कुन शाखा , महाशाखा र कार्यालयका कुन कुन स्थानमा कति कर्मचारी आवश्यक पर्छन् , संस्थामा हाल भएका जनशक्तिलाई ब्यवस्थापन गर्दा कुन कुन ठाँउमा कति कर्मचारी आवश्यक पर्छ या पर्दैन भन्ने बिषयलाई मध्यनजर गर्दै मानवसंशाधन समिति गठन गरिएको छ । पाँच सदस्यीय गठित समितिले सबै कुराको बिस्तृत विवरण सहित तीन महिनाभित्र प्रतिवेदन पेश गर्नेछ । २. यसैगरी साझा प्रकाशनमा कर्मचारी बढुवा तथा आन्तरिक प्रतिस्पर्धाद्धारा पदपूर्ति गर्ने कमिटी गठन गरी प्रक्रिया अघि बढाइएको छ । ३. नेपाल सरकार शिक्षा मन्त्रालय पाठयक्रम विकास केन्द्रले सामुदायिक विद्यालयस्तरमा अध्यापन गराइने अङ्ग्रेजी माध्यमका अनुवाद पाठयपुस्तक उत्पादन तथा बिक्री वितरणको जिम्मेवारी साझा प्रकाशनलाई दिएको छ । साझा प्रकाशनले हाल कक्षा ३ देखि ९ सम्मका सम्पूर्ण विषयको पाठयपुस्तकहरु १५ हजार सेटका दरले उत्पादन तथा स्टोर दाखिला गरी बिक्री वितरणको व्यवस्था मिलाएको छ । ४. लेखक प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाद्धारा लिखित उखान सिद्धान्त र विश्लेषण , यशोदा अधिकारीको जुरेली र मयूर , रामप्रसाद पन्तको प्रमुदित पैतला र भरत शेर्नालीको महाभारत भवसागर साझा प्रकाशनले प्रकाशित कार्य सम्पन्न गरी बिक्री बितरणका लागि बजारमा पठाइसकिएको छ । ५. पुरानो स्टक सकिएको तर बजारमा अत्यधिक माग भइरहेको पुस्तकमध्य अरुण उपत्यकाका लोक कथा—

आय ब्यय बिवरण

साझा प्रकाशनले आफनो लक्ष्य निर्धारण गरी सुधारको बारेमा अगाडि बढेको कुरा सबैमा विदितै छ तर पछिल्लो समयमा सामाजिक सञ्जालमा उठेका आर्थिक विषयवस्तुहरुलाई सम्बोधन गर्न सम्पूर्ण आर्थिक कारोबारलाई सबैको जानकारीको लागि यहाँ प्रेषित गरिन्छ । थप जानकारी आवश्यक परेमा कार्यालयमा सम्पर्क राख्नुहोला । आय व्यय विवरण

साझा प्रकाशनले जनकशिक्षा सामाग्री केन्द्र लिमिटेडलाई २०७४ जेठ १० गतेसम्म तयार गरी बुझाइएका पुस्तकहरूको विवरण

विषय कक्षा छापीएको संख्या १. अङ्ग्रेजी (कक्षा ६) ४७,२९०।– २. गणित (कक्षा ६) ९,८७५।– ३. पेशा (कक्षा ६) १९,३४०।– ४. विज्ञान (कक्षा ६) १३,५२०।– ५. सामाजिक (कक्षा ६) ३२,८५०।– ६. कम्प्युटर (कक्षा ७) ८६,६५०।– ७. सामाजिक (कक्षा ७) ३,६४०।– ८. विज्ञान (कक्षा ७) २३,९३०।– ९. गणित  (कक्षा ७) १,३०,५५०।– जम्मा ३,६७,६४५ थान ।–

साझा प्रकाशनबाट २०७४ बैशाख १ देखि १५ गतेसम्म सम्पादन भएका कामहरूको विवरण

१. २०७४ बैशाख ८ गते शुक्रबार साझा प्रकाशन सञ्चालक समितिद्धारा गठित छानबिन समितिको बैठक सम्पन्न भएको छ । २. २०७४ बैशाख १० गते आईतबार साझा प्रकाशनको शाखा कार्यालय प्रदर्शनमार्गमा कर्मचारीहरुसँगको बैठक सम्पन्न भएको छ । बैठकमा साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माज्यूले त्यहाँको पछिल्लो अवस्थाको बारेमा जानकारी लिदै भाबी कार्ययोजनाका बिषयमा छलफल गर्नुभएको छ । ३. साझा प्रकाशनको परियोजना अन्तर्गतका कार्यमा साझा अंग्रेजी स्विकृत भएको छ । यस्तै, परियोजना अन्र्तगतका अन्य पुस्तकहरु नुवाकोट , पोखरा , धनगढी , स्याङ्जा , सप्तरी , जनकपुर , चितवन लगायतका अन्य जिल्लामा पठाइएको छ । ४. लेखक जीत बहादुर शाहद्धारा लिखित नयाँ पुस्तक विद्यार्थी देब भब साझा प्रकाशनले प्रकाशित कार्य सम्पन्न गरी बिक्रि बितरणका लागि बजारमा पठाइसकेको छ । ५. पुरानो स्टक सकिएको तर बजारमा अत्यधिक माग भइरहेको पुस्तकमध्य गुरुप्रसाद मैनालीद्धारा लिखित पुस्तक नासो , शंकर लामिछानेद्धारा लिखित एब्स्ट्रयाक्ट चिन्तन प्याज , तारानाथ शर्माको सम र समका कृति , लेखनाथ पौड्यालको तरुण तपसी र लेखकद्धय दिवाकार ढुङ्गेल र उषा दिक्षितद्धारा लिखित नेपाली बाल शब्दकोषको पुन मुद्रण कार्य सम्पन्न भएको छ ।

साझा प्रकाशनबाट २०७३ चैत्र १३ देखि १९ गतेसम्म सम्पादन भएका कामहरूको विवरण

१. साझा प्रकाशनले पहिलोपटक बेलायतमा पुस्तक प्रदर्शनी सम्पन्न गरेको छ । नेपाल–बेलायतको दौत्य सम्बन्धको द्विशतवार्षिकी पूरा भएको अवसरमा त्यहाँ अवस्थित नेपाली दूतावासको आयोजनामा पुस्तक प्रदर्शनीको आयोजना गरिएको थियो । प्रदर्शनीमा साझा प्रकाशनबाट प्रकाशित दुईसय शीर्षकका तीन हजारभन्दा धेरै पुस्तक राखिएकोमा सबै पुस्तक बिक्रि भएको छ । पुस्तक प्रदर्शनीसँगै नेपाली दूतावास परिसरमा साहित्य महोत्सवको आयोजना समेत गरिएको थियो । २. साझा प्रकाशन बचाऊ अभियानअन्तर्गत बेलायतमा साहित्यिक सहयोग समिति गठन भएको छ । साहित्यकार विकलचन्द्र आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको हो । साझा प्रकाशनका कृतिलाई अन्र्तराष्ट्रिय बजारमा लैजाने उद्देश्य अनुरुप समिति गठन गरिएको हो । समितिका संरक्षकमा बेलायतका लागि नेपाली राजदूत एवम् साहित्यकार डा.दुबसु क्षेत्री तथा सदस्यमा जयालक्ष्मी राई, विश्वासदीप तिगेला, देवेन्द्र खदेरा, कृष्ण बजगाई , सुमलकुमार गुरुङ्ग , डा.सोहन घिमिरे, सुमाया राई , लक्ष्मी राई लारा , दुर्गाप्रसाद पोखरेल र डा.रुपक श्रेष्ठ रहनुभएको छ । ३. पुरानो स्टक सकिएको तर बजारमा अत्यधिक माग भइरहेको पुस्तकमध्य नेपाली शाकुन्तल महाकाव्य जिउँदो लास र पत्थरको कथाको पुन मुद्रण कार्य सम्पन्न भएको छ ।

बेलायतमा साझा प्रकाशनको साहित्यिक सहयोग समिति गठन

    साझा प्रकाशन बचाऊ अभियानअन्तर्गत बेलायतमा साहित्यिक सहयोग समिति गठन भएको छ । नेपाल–बेलायत दौत्य सम्बन्ध स्थापनाको द्धिशतवार्षिकी पूरा भएको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजित साहित्यिक महोत्सव र पुस्तक प्रदर्शनीपछि साहित्यकार विकलचन्द्र आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको हो । साझा प्रकाशनका कृतिलाई अन्र्तराष्ट्रिय बजारमा लैजाने उद्देश्य अनुरुप समिति गठन गरिएको हो । समितिका संरक्षकमा बेलायतका लागि नेपाली राजदूत एवम् साहित्यकार डा.दुबसु क्षेत्री तथा सदस्यमा जयालक्ष्मी राई, विश्वासदीप तिगेला, देवेन्द्र खदेरा, कृष्ण बजगाई , सुमलकुमार गुरुङ्ग , डा.सोहन घिमिरे, सुमाया राई , लक्ष्मी राई लारा , दुर्गाप्रसाद पोखरेल र डा.रुपक श्रेष्ठ रहनुभएको छ ।

सञ्चालक समिति

नाम : रघुराम विष्ट पद : अध्यक्ष फोन : इमेल :   नाम :...

साझा प्रकाशन एक झलक

साझा प्रकाशन एक झलक भाषा–साहित्य तथा ज्ञान–विज्ञानका पुस्तकहरूको विकास गर्ने, नेपाली भाषा र साहित्यको...

साझा प्रकाशन सुधार कार्ययोजना

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माज्यूद्वारा मिति २०७३।१०।५ गते पत्रकार सम्मेलन गरी साझा...

Invitation for Bids

Machine Bid Notice (1)                     ...

© 2016 Sajha Prakashan. All Rights Reserved...