साझा प्रकाशनबाट २०७३ माघ १५ देखि २१ गतेसम्म सम्पादन भएका कामहरूको विवरण

१. मिति २०७३।१०।२० गते संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति एंव साहित्यकार सरुभक्तले साझा प्रकाशनको भ्रमण अवलोकन गरी साझा प्रकाशनबाट उहाँको कृतिको पुन मुद्रण तथा थप नयाँ कृति प्रकाशनबारे छलफल गर्नुका साथै आगामी दिनमा साझा बचाउ अभियानमा आफनो पनि ऐक्यवद्धता र साथ रहेको प्रतिबद्धता जनाउनुभएको छ । २. मिति २०७३।१०।२१ गते साहित्यकार रुकु कार्की र कृष्ण बजगाईको नयाँ पुस्तक बन्धनबाट मुक्ति र युरोसियाको स्पर्श साझा प्रकाशनले प्रकाशित कार्य सम्पन्न गरेको छ । साहित्यकार रुकु कार्कीको पुस्तक बन्धनबाट मुक्ति ५०० थान बिक्रि समेत भएको छ । ३. मिति २०७३।१०।२१ गते पुरानो स्टक सकिएको तर बजारमा अत्यधिक माग भइरहेको पुस्तकमध्ये लालित्य — २ को पुन  मुद्रण कार्य सम्पन्न भएको छ । ४. साझा प्रकाशनका परियोजनाअन्तर्गतका पुस्तक विद्यालयहरूमा प्रयोग गराउन पाठ्यक्रम विकास केन्द्रसँग स्वीकृतिका माग गरिएको छ । ५. बि.सं. २०३९ साल पुस महिनादेखि साझा प्रकाशनबाट नियमित रुपमा प्रकाशित हुँदै आएको नेपाली भाषाको साहित्यिक पत्रिका गरिमाको बार्षिक ग्राहक वृद्धि अभियान अन्र्तगत आस्था के.सी सदस्य बन्नुभएको छ ।

सभासद् निशा कुमारी शाहद्धारा २ लाख ७५ हजार बराबरको पुस्तक साझाबाट खरिद

साझा प्रकाशनको साझा बचाउ अभियान अन्र्तगत ब्यवस्थापिका संसद सदस्य माननीय श्री निशा कुमारी शाहले निर्वाचन बिकास कार्यक्रम अन्र्तगतको योजनामा साझा प्रकाशनबाट २ लाख ७५ हजार रुपैया बराबरको पुस्तक खरिद गर्नुभएको छ । खरिद गर्नुभएको पुस्तक महोत्तरी जिल्ला क्षेत्र नं १ का सामुदायिक , माध्यमिक तथा उच्च माध्यमिक बिद्यालयहरुमा प्रदान गरिने उहाँले जानकारी दिनुभएको छ ।

पुन मुद्रण गर्न पठाइएका पुस्तकहरु

पुस्तकहरुको पुरानो स्टक सकिई सकेको तर बजारमा अत्यधिक माग भइरहेका यी पुस्तकहरुलाई पुन मुद्रणका लागि बजारमा पठाइएको छ । १. नेपाली कथा भाग — १ २. नेपाली कथा भाग — २ ३. भोको घर ४. एब्स्ट्राक चिन्तन प्याक ५. आँशु त्यसै त्यसै छचल्किन्छ ६. लक्ष्मी निबन्ध सङ्ग्रह ७. मेरा जीवनका पाना ८. देवकोटा ९. माछोमाछो भ्यागुतो १०. महाकवि देवकोटा र उनका महाकाव्य ११. राधा १२. छापामारको छोरा १३. शेक्सपियरका कथा १४. चिसो चुल्हो १५. नेपाली दन्त्य कथा १६. चेपाङ समुदाय र संस्कृति १७. नेपालका संरक्षित वन्यजन्तु १८. एक दिनको यात्रा १९. एक्काइसौं शताब्दीको सुम्मिमा २०. कथाको बटुलो २१. कथा बातीका २२. खरायो र कछुवाको दौड २३. गाँउखाने कविता २४. गोमाको यार्लिङ्ग २५. गौथलीको गुड २६. छट्टु बादरको बिहे २७. झयातै तुली २८. थिरी थिरी २९. नशथुङ्गा फूल ३०. नानीका कथा ३१. बाँ— बाँ बाच्छी ३२. मंगलग्रहमा विज्ञान ३३. मनभोग ३४. मावलीको यात्रा ३५. सातथुङ्गा ३६. सानीचरी गौथली ३७. सोहन र सर्कस ३८. सीताका कथा

ब्यवस्थापिका संसदको महिला बालबालिका तथा ज्येष्ठ नागरिक र समाज कल्याण समितिको अनुगमन

शुक्रबार ब्यवस्थापिका संसदको महिला बालबालिका तथा ज्येष्ठ नागरिक र समाज कल्याण समितिका माननिय सभापति श्री रञ्जुकुमारी झा, माननिय आशा कोइराला लगायत अन्य सदस्यहरुले साझा प्रकाशनको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा सभापति , श्री रञ्जुकुमारी झाले साझाको अस्तित्व जोगाउन आफू लागिपर्ने बताउनुभएको छ । उहाँले साझाको परिसर भित्र लामो समयदेखि निर्माणाधिन अवस्थामा रहेको भवन हालसम्म निर्माण हुन नसक्दा चिन्ता प्रकट गर्दै निर्माण कार्यमा यथासिघ्र सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।

साझा प्रकाशनबाट २०७३ माघ ९ देखि १४ गतेसम्म सम्पादन भएका कामहरूको विवरण

साझा प्रकाशनबाट २०७३ माघ ९ देखि १४ गतेसम्म सम्पादन भएका कामहरूको विवरण नेपाली भाषा–साहित्य, कला संस्कृतिको उन्नयनमा समर्पित गोरखा भाषा प्रकाशिनी समिति र नेपाली भाषा प्रकाशिनी समितिको उत्तराधिकारी प्राज्ञिक संस्था साझा प्रकाशनलाई जीवन्त राख्न साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक श्री डोलिन्द्रप्रसाद शर्माज्यूले मिति २०७३।१०।५ एक पटक एक काम : साझा प्रकाशन भन्ने मूल अभियानसाथका साझा प्रकाशन सुधार कार्ययोजना सावर्जनिक गर्नुभएको छ । एक पटक एक काम : साझा प्रकाशन अभियानअन्तर्गत पहिलो चरणमा नेपाल नेपाल सरकारका सबै मन्त्रालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्रण तथा पुस्तकालयका लागि साझा प्रकाशनका पुस्तक खरीद गरिदिन अनुरोध गरी पत्र पठाइएको छ । सम्मानीत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयोजनामा मिति २०७३।१०।१२ गतेको शिक्षा मन्त्रालयअन्तर्गतका निकायहरूको बैठकमा साझा प्रकाशनका तर्फबाट संस्थाका अध्यक्ष तथा महाप्रबन्धकज्यूले भाग लिई विद्यालयस्तरीय पाठ्यपुस्तक उत्पादन तथा वितरणका लागि साझा प्रकाशनलाई समेत जिम्मेवारी दिने सन्दर्भमा आयोगबाट भएका निर्देशन कार्यन्वयनका लागि पहल गरिदिन अनुरोध गर्नुभयो । साथै संस्था अन्य समसामयिक गतिविधिका बारेमा बैठकमा जानकारी गराउनुभएको थियो । माननीय बद्री पाण्डे, सिन्धु जलेसा बुढाथोकी तथा आमागंगा बेलबासेज्यूद्वारा साझा प्रकाशनको अवलोकन भ्रमण गरी संस्थाको गतिविधिका बारेमा जानकारी लिनुभयो । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धकज्यूले आफ्नै कार्यकक्षमा मिति २०७३।१०।१३ गते स्टाफ बैठक आयोजना गरी कर्मचारीलाई आफ्नो काममा कुशलतापूर्वक वहन गर्न निर्देशन दिनुभयो । माननीय श्री निशा शाहज्यूले मिति

पुन मुद्रण गरिएका पुस्तकहरु

बाबु आमा छोरा चुली पाँच सय बर्ष संगित प्रबेशिका शरणार्थी

आय ब्यय बिवरण

आय ब्यय बिवरण डाउनलोड गर्नुहोस् final payment

अस्तित्व बचाउने संघर्षमा साझा (रिपोर्टसहित)

काठमाडौं, माघ १० – नेपाली साहित्यका कृति र विद्यालयका पुस्तक प्रकाशनको इतिहास बोकेको साझा प्रकाशन अहिले अस्तित्व बचाउनकै लागि संघर्षरत छ । एक जमानामा साझा प्रकाशनबाट पुस्तक छाप्न पाउँदा गर्व गर्ने साहित्यकारहरु अहिले निजी क्षेत्रप्रति आकर्षित भएका छन् भने साझा ऋणमा चुर्लुम्म डुबेको छ । तर साझा प्रकाशनका महाप्रवन्धक डोलिन्द्र शर्माको लगातारको दौडधुपले साझा प्रकाशनले पुनर्जीवन पाउने लक्षण पनि देखिएको छ । अर्जुन पोख्रेलको रिपोर्ट Source from: http://ujyaaloonline.com/news/69860/sajha/

साझा प्रकाशन सुधार कार्ययोजना

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माज्यूद्वारा मिति २०७३।१०।५ गते पत्रकार सम्मेलन गरी साझा प्रकाशन सुधार कार्ययोजना सार्वजनिक गर्नुभएको छ । प्रेस–विज्ञप्ति   “जब काममा आनन्द हुन्छ, जीवन हर्सोल्लासपूर्ण बन्छ    जब काम कर्तव्य बन्छ, तब जीवन दास बन्छ ।”                                                                     —म्याक्सिम गोर्की, रसियन साहित्यकार   देशको पहिचानसँग गाँसिएको भाषा–साहित्य, कला संस्कृतिको उन्नयनमा समर्पित प्राज्ञिक संस्था साझा प्रकाशनको कार्यकारी प्रमुख पदको मैले जिम्मेवारी समालेको दुई वर्ष पूरा भएको छ । मेरो कार्यसम्पादनलाई मूल्याङ्कन गर्दै साझा प्रकाशन सञ्चालक समितिले आगामी ४ वर्षका लागि पदावधि थप गरिदिएको सर्वविदितै छ । यो विश्वास र जिम्मेवारीका लागि सञ्चालक समितिप्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु । आर्थिक अवस्थाले जर्जर भई माकुराले जालो लगाएको अवस्थामा रहेको साझा प्रकाशनलाई सपार्छु भनी म प्रवेश गरेको थिएँ । प्रवेश गर्दा छापाखानालगायत कार्यालयहरू बन्द थिए । बन्द भएका काम र कार्यालयहरू सञ्चालन गर्नु मेरो पहिलो चुनौती थियो । यस्तै ८ वर्षदेखि साधारणसभा नगराई सञ्चालक समितिमा बस्नुभएका तत्कालीन सञ्चालक समिति सदस्य साथीहरूले साझा प्रकाशन उत्थानको कुरा गर्नासाथ समितिबाट राजीनामा दिएर असहयोग गरेको तीतो सत्य पनि मसँग रहेको

‘घर बिनाको घर’ विमोचन,

साझा प्रकाशनबाट प्रकाशित साहित्यकार राम विनयकृत ‘घर बिनाको घर’ विमोचन, पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल र बरिष्ठ साहित्यकारसहित ।

सञ्चालक समिति

  नाम:श्री डोलिन्द्रप्रसाद शर्मा पद:अध्यक्ष तथा महाप्रबन्धक फोन:९८५१२२७०५२ इमेल:   नाम: श्री प्रदीप नेपाल पद: सञ्चालक...

साझा प्रकाशन सुधार कार्ययोजना

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माज्यूद्वारा मिति २०७३।१०।५ गते पत्रकार सम्मेलन गरी साझा...

मिति २०७३।१०।१२ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचना

मिति २०७३।१०।१२ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचना

मिति २०७३।१०।११ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचना

मिति २०७३।१०।११ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचना  

© 2016 Sajha Prakashan. All Rights Reserved...