साझा प्रकाशन सुधार कार्ययोजना

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माज्यूद्वारा मिति २०७३।१०।५ गते पत्रकार सम्मेलन गरी साझा प्रकाशन सुधार कार्ययोजना सार्वजनिक गर्नुभएको छ । प्रेस–विज्ञप्ति   “जब काममा आनन्द हुन्छ, जीवन हर्सोल्लासपूर्ण बन्छ    जब काम कर्तव्य बन्छ, तब जीवन दास बन्छ ।”                                                                     —म्याक्सिम गोर्की, रसियन साहित्यकार   देशको पहिचानसँग गाँसिएको भाषा–साहित्य, कला संस्कृतिको उन्नयनमा समर्पित प्राज्ञिक संस्था साझा प्रकाशनको कार्यकारी प्रमुख पदको मैले जिम्मेवारी समालेको दुई वर्ष पूरा भएको छ । मेरो कार्यसम्पादनलाई मूल्याङ्कन गर्दै साझा प्रकाशन सञ्चालक समितिले आगामी ४ वर्षका लागि पदावधि थप गरिदिएको सर्वविदितै छ । यो विश्वास र जिम्मेवारीका लागि सञ्चालक समितिप्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु । आर्थिक अवस्थाले जर्जर भई माकुराले जालो लगाएको अवस्थामा रहेको साझा प्रकाशनलाई सपार्छु भनी म प्रवेश गरेको थिएँ । प्रवेश गर्दा छापाखानालगायत कार्यालयहरू बन्द थिए । बन्द भएका काम र कार्यालयहरू सञ्चालन गर्नु मेरो पहिलो चुनौती थियो । यस्तै ८ वर्षदेखि साधारणसभा नगराई सञ्चालक समितिमा बस्नुभएका तत्कालीन सञ्चालक समिति सदस्य साथीहरूले साझा प्रकाशन उत्थानको कुरा गर्नासाथ समितिबाट राजीनामा दिएर असहयोग गरेको तीतो सत्य पनि मसँग रहेको

‘घर बिनाको घर’ विमोचन,

साझा प्रकाशनबाट प्रकाशित साहित्यकार राम विनयकृत ‘घर बिनाको घर’ विमोचन, पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल र बरिष्ठ साहित्यकारसहित ।

पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न

पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा स्रष्टा राम विनयद्वारा लिखित तथा साझा प्रकाशनबाट प्रकाशित घर बिनाको घर कथासङ्ग्रह लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा पूर्व शिक्षा मन्त्री एवं साझा प्रकाशनका सञ्चालक श्री दीनानाथ शर्मा, पूर्व शिक्षा मन्त्री एवं साझा प्रकाशनका सञ्चालक श्री प्रदीप नेपाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल प्रज्ञा प्रतिष्ठान पूर्व कुलपति बैरागी काइँला, साझा प्रकाशनका सञ्चालक सदस्य तथा गरिमा मासिकका प्रधान सम्पादक हरिहर खनाल साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक श्री डोलिन्द्रप्रसाद शर्मा, समालोचक प्रा.डा. दयाराम श्रेष्ठ ‘सम्भव’, तथा प्रा. जगत् उपाध्याय पे्रक्षित, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव डा. जीवेन्द्रदेव गिरी, जनक शिक्षा सामग्री केन्द्र लि. का प्रबन्ध सञ्चालक एवं साझा प्रकाशनका सञ्चालक अनिलकुमार झालगायतको विशेष उपस्थिति तथा  देश २ सयभन्दा बढी लेखक साहित्यकारहरूको सहभागिता रहेको थियो ।

Participants of Program

Participants of Program

सञ्चालक समिति

नाम : डोलिन्द्रप्रसाद शर्मा पद : अध्यक्ष तथा महाप्रबन्धक फोन : ९८५१२२७०५२ इमेल :dolindrasharma@gmail.com  ...

साझा प्रकाशन सुधार कार्ययोजना

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माज्यूद्वारा मिति २०७३।१०।५ गते पत्रकार सम्मेलन गरी साझा...

मिति २०७३।१०।१२ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचना

मिति २०७३।१०।१२ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचना

साझा प्रकाशन एक झलक

साझा प्रकाशन एक झलक भाषा–साहित्य तथा ज्ञान–विज्ञानका पुस्तकहरूको विकास गर्ने, नेपाली भाषा र साहित्यको...

© 2016 Sajha Prakashan. All Rights Reserved...