सफलताको लागि मानिसमा एकाग्रता एवं समर्पणभाव हुनु पर्दछ । -ब्राउन

सफलताको लागि मानिसमा एकाग्रता एवं समर्पणभाव हुनु पर्दछ ।
-ब्राउन
सामाजिक वस्तुस्थितिको सही चित्रण भएको साहित्यले जनताको मन र मस्तिष्कलाई तान्दछ, साहित्य देशको सामाजिक, आर्थिक, राजनैतिक र सांस्कृतिक अवस्थासंग अभिन्न रूपले गाँसिएको हुन्छ। त्यसैले साझा प्रकाशन जस्तो साहित्यिक धरोहरको संरक्षण गरेर श्रद्वेय प्रचण्ड नेतृत्वको सरकारले नेपाली वाङ्मयको श्रीवृद्धिका लागि जुन महत्वपूर्ण काम गरेको छ यो नेपाली साहित्य, संगीत, पत्रकारिताका अनुरागीहरूका लागि ठूलो उपलब्धि हो। यो घटनाले देश समाजवाद तर्फ उन्मुख भएको मैले अनुभव गर्दैछु। यसका लागि सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल एवं नेपाल सरकारप्रति सम्पूर्ण भाषा, साहित्य र कलाप्रेमीको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु ।
जय देश, जय साहित्य, जय साझा।

© 2016 Sajha Prakashan. All Rights Reserved...