स्वागत छ तपाईहरूलाई साझा प्रकाशनमा

साझा प्रकाशनको छोटो पृष्ठभूमि
 लेखक–साहित्यकार, कलाकार, पत्रकारजस्ता सर्जकहरुको सामुहिक संस्था साझा प्रकाशनको इतिहास एक शताब्दी पुरानो छ । वि. स. १९७० सालमा गोरखा भाषा प्रकाशिनी समिति र पछि वि.स. १९९० सालमा नेपाली भाषा प्रकाशिनी समितिमा रुपान्तरित भई वि.स. २०२१ साल मंसीर १७ गते साझा प्रकाशनको स्थापना भएको हो । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०६९।२।५ को निर्णयानुसार यो संस्था शिक्षा मन्त्रालयअन्तर्गत छ ।
 तत्कालिन नेपाल सरकारले मिति २०२१।६।११ मा जारी गरेको नेपाली भाषा प्रकाशन संस्थान ऐन २०२१ को दफा ३२ मा “नेपाली भाषा प्रकाशिनी समितिको सम्पत्ति तथा दायित्व उपलब्ध गराउने” निर्णयसंगै सो समितिमा रहेको पुस्तक एवंम सामानहरू अनुदानको रुपमा साझा प्रकाशनलाई उपलब्ध गराईएको थियो ।
 साझा प्रकाशन भाषा साहित्य, शिक्षा, कला–संस्कृतिको प्रबद्र्धनमा कार्य गर्ने भएकाले नाफा मुलक नभई सेवा मुलक एवंम मुलुकभर १५ कार्यालय २८८ कर्मचारी दरवन्दी भएतापनि २१० कर्मचारी कार्यरत भएको, १८०० शेयर सदस्य छन् । देशभर आफ्नै वितरण सञ्जाल रहेको सरकारी स्वामित्वको संस्था साझा प्रकाशनसँग ५००० भन्दा बढी बिक्रेताहरू रहेका छन् ।
साझा प्रकाशनको नीतिगत उदेश्य
 भाषा–साहित्यका विभिन्न विधाहरुको पुस्तकहरूको प्रकाशन र विकास गर्ने,
 भाषा–साहित्यको श्रृजनामा नयाँ र पुराना साहित्यकारहरुको भूमिका स्थापना गर्ने,
 विद्यालय तथा विश्वविद्यालय तहका पाठ्यपुस्तकहरु र पाठ्यसामग्रीहरुको उत्पादन, विक्री वितरणका अतिरिक्त थोक वितरकको रुपमा कार्य गर्ने,
 पुस्तक ब्यावसायको स्वस्थ्य विकास र पठ्न संस्कृतिको राष्ट्रिय अभियानमा सक्दो सहयोग गर्ने,
 नेपाली साहित्यको विकासमा योगदान गर्ने, श्रमजीवी पत्रकार, कलाकार, लेखकहरूलाई एक सूत्रमा बाँधी उनीहरूको आर्थिक स्थिति उचाल्दै स्वस्थ र निश्पक्ष पत्रकारिताको विकास गर्ने;
 आफ्ना सदस्यहरूको आर्थिक उन्नति, मितव्ययिता र सहयोगी भावना विकास गर्दै परिश्रमी र उन्नतिशील बनाउने ।
 प्रकाशनको माध्यमबाट देशमा प्रचलित सबै भाषाको संरक्षण, संवर्धन एवम् विकास तथा अन्तर्राष्ट्रिय भाषाका पुस्तकहरू प्रकाशन गर्ने,
 साहित्यिक पुस्तकहरू, विद्यालय, उच्च शिक्षा र विश्वविद्यालय तहका पाठ्य तथा सन्दर्भ पुस्तकहरूको प्रकाशन र देशव्यापी बिव्रmी वितरण गर्ने,
 स्वदेशी तथा विदेशी विभिन्न भाषामा पुस्तकहरूको अनुवाद गर्ने एवम् लोकप्रिय पुस्तकहरूलाई पाठकको माग र महत्त्वअनुसार सचित्र प्रकाशन गर्ने,
 पठन संस्कृतिको विकास र व्यवसाय प्रवर्धनका लागि पुस्तक प्रदर्शनी, गोष्ठी, सेमिनारको प्रभावकारी सञ्चालन गर्ने,
 प्रभावकारी प्रकाशन तथा स्तरीय मुद्रण व्यवसायका लागि छापाखानाको स्तरवृद्धि तथा आधुनिकीकरण गर्ने ।
 साहित्यिका विभिन्न विधालाई जगेर्ना गर्न विधागत पुस्कारको स्थापना र वितरण व्यवस्था गर्ने ।
रणनीति
साझा प्रकाशन शिक्षा मन्त्रालय मातहत आइसकेपछि यस संस्थाको कार्यव्यवस्था नियमावली निर्माणका हुन बाँकी रहेका कारण साबिक विनियम २०२१ बमोजिम काम गर्न असुविधा भएकोले उक्त नियमावली निर्माणका लागि शिक्षा मन्त्रालयमा पेश गरिसकिएको छ । नियमावलीले संस्थाको कार्यक्षत्रको बारेमा समेत थप किटान गरिने हुँदा संस्था संचालनमा सहजता आउछ ।
साझा प्रकाशन सञ्चालक समितिको मिति २०७१।१२।०२ को निर्णयअनुसार संस्थाको विनियममा समयसापेक्ष परिमार्जन गर्न एक उपसमिति गठन भयो । सो उपसमितिको सिफारिसअनुसार साझा प्रकाशनको मिति २०७२।१२।२५ को २३ औँ साधारणसभा तथा साझा प्रकाशन सञ्चालक समितिको मिति २०७२।१२।३० को बैठकबाट ‘नेपाली भाषा प्रकाशन संस्थान ऐन २०२१’ लाई समसामयिक सुधार गरी सो को आधारमा संस्थालाई सञ्चालन गर्न आवश्यक नीतिगत निर्णयका लागि शिक्षा मन्त्रालयमा पेश गरिसकिएको छ । यसप्रकारको नीगित निर्णय भए साझा प्रकाशन थप सृदृढ हुनेछ ।
 बजारको माग र आवश्यकताअनुसार भाषिक साहित्यिक पुस्तकहरूको उत्पादन,
 नेपाल सरकारबाट तोकिएको जिम्मेवारी तत्काल पुरा गर्ने,
 छरितो एवम् चुस्त व्यवस्थापन,
 उत्पादन र वितरणमा लागत लाभको विश्लेषण,
 चुस्त, सुलभ, मितव्ययी एवम् भरपर्दो वितरण प्रणालीको अवलम्बन,
 भाषिक साहित्यिक प्रकाशनमा समावेशी अवधारणाको विकास,
 विज्ञान र प्रविधिको प्रयोगलाई क्षमता र आवश्यकताअनुसार उपयोगमा ल्याइने,
 स्वस्थ प्रतिस्पर्धामार्पmत सार्वजनिक÷सहकारी तथा निजी साझेदारीको अवधारणा अङ्गीकार गरिने ।
कार्यनीति
 भाषिक साहित्यिक एवम् विविध वाङ्मयका पुस्तकहरू प्रकाशन र वितरण गर्ने,
 साझा प्रकाशनलाई राज्यले दिएको जिम्मेवारी जुनसुकै अवस्थामा कुशलतापूर्व निर्वाह गर्ने,
 विद्यालय, उच्च शिक्षा एवम् विश्वविद्यालय तहका पाठ्य तथा सन्दर्भ पुस्तकहरूको उत्पादन र देशव्यापि बिव्रmी वितरण,
 अन्य प्रकाशन गृहका उत्पादनहरूलाई आफ्नो वितरण सञ्जालमार्पmत बजारीकरण गर्न सहयोग गर्ने,
 विभिन्न शैक्षिक सामग्रीहरूको उत्पादन र बिव्रmी वितरण गर्र्ने,
 संस्थाको छापाखानालाई प्रतिस्पर्धात्मक बनाई प्रकाशन तथा मुद्रणमा सङ्ख्यात्मक र गुणात्मक रूपमा सुदृढ गर्ने,
 पठन संस्कृतिको विकास तथा साहित्य र शिक्षाको विकासका लागि देशभर पुस्तक प्रर्दशनी आयोजना गर्ने,
 साहित्यका विविध विधाका कृति प्रकाशन गरी विभिन्न पुरस्कारका माध्यमबाट स्रष्टाहरूलाई प्रोत्साहन र सम्मान गर्नेे,
 वाङ्मयको विकासमा नेपाली साहित्यकै प्रतिनीधि मासिक पत्रिका ‘गरिमा’ मार्फत विविध भाषा साहित्यमा महिला, आदिवासी, जनजाति, उत्पिडित, दलित आदि विभिन्न लिङ्ग, वर्ग, समुदाय तथा क्षेत्रका लेखरचना प्रकाशन गर्ने,
 बाल साहित्यको विकास एवम् विस्तार गर्ने ।
 पठनसंस्कृति निर्माण, पुस्तकमा आम पाठकको पहुँच, चेतना अभिवृद्धि र ज्ञानको स्रोत सङ्कलनमा अवसर, पाठक र लेखकबीचको सम्बन्ध विस्तारका लागि नेपाल र विदेशमा प्रदर्शनी गर्दै आएको र त्यसलाई निरन्तरता दिने ।
 २०३५ सालमा युनेस्कोले नेपालको लागि राष्ट्रिय थोक वितरको मान्यता दिएको साझा प्रकाशनले अन्तराष्ट्रिय प्रकाशकहरूको पुस्तक बिक्री वितरण गर्ने व्यवस्था मिलाइने छ ।
 पुस्तक प्रंवद्र्धनका लागि देशबाहिर पनि शाखा सञ्चालन गरिने छ ।
अनुगमन तथा मूल्याङ्कन
साझा प्रकाशनको माथि उल्लेखित उद्देश्य पुरा गर्न शिक्षा मन्त्रालयले नियमत अनुगमन तथा कार्यसम्पादनको मूल्याङ्कन गरिनुपर्ने ।
अथवा
साझा प्रकाशनका अंशियार, सञ्चालक, व्यवस्थापक तथा शिक्षा मन्त्रालय र अर्थमन्त्रालयका प्रतिनीधि रहेको उच्च्स्तरीय संयन्त्र निर्माण गरी निरन्तर अनुगमन मूल्याङ्कनको व्यवस्था गर्नुपर्ने ।

नोट ः साझा प्रकाशनमा नेपाल सरकार राष्ट्रिय परीक्षा वोर्ड, राष्ट्रिय सहकारी विकास वोर्ड, त्रि.वि. केन्द्रीय नेपाली विभाग, त्रि.वि. केन्दीय अङ्ग्रेजी विभाग, नेपाल र एसियाली अनुसन्धान केन्द्र, साझा यातायात, साझा स्वास्थय सेवा, साझा पसल सेवालगायतका संस्थाहरूको सेयर रहेको छ ।

भाषा–साहित्य तथा ज्ञान–विज्ञानका पुस्तकहरूको विकास गर्ने, नेपाली भाषा र साहित्यको विकासमा सक्रिय योगदान दिने, उपयुक्त पाठ्यपुस्तकहरू र पाठ्यसामग्री तयार पारी तिनको सुव्यवस्थित र व्यापक बिक्रीवितरणका साथै राष्ट्रिय थोकवितरकको रूपमा विकास गर्दै जाने जस्ता उद्देश्यसाथ स्थापित साझा प्रकाशन स्थापनाकालदेखि नै आफ्नो घोषित उद्देश्यप्राप्तिका लागि क्रियाशिल र प्रतिबध्द छ।

भाषा, साहित्य, संकृति र शिक्षाको विकासका लागि वि सं १9७० सालमा सरकारी स्तरबाट गोरखा भाषा प्रकाशिनी समितिको स्थापना भयो र वि सं १९९० मा नेपाली भाषा प्रकाशिनी समितिमा रूपान्तरित भएपछि त्यसैको उत्तराधिकारीको रूपमा  वि सं 2021 सालमा साझा प्रकाशनको स्थापना भयो । यसरी गोरखा भाषा प्रकाशिनी समिति तथा नेपाली भाषा प्रकाशिनी समिति साझा प्रकाशनको पूर्वरूप अथवा इतिहास हो । पाठ्यपुस्तक तथा पाठ्यसामग्री र सिर्जनात्मक कृतिहरू प्रकाशनकार्यमा संलग्न नेपाली भाषा प्रकाशिनी समितिले गर्दै आएका कार्यहरू सरकारी स्तरबाटै साझा प्रकाशनलाई प्राप्त भएको हो । नेपाली भाषा प्रकाशिनी समितिबाट प्राप्त केही भौतिक सामान र दुई लाख मूल्यबराबरका पुस्तकहरू प्राप्त गरी साझा प्रकाशनले आफ्नो कार्यसञ्चालनको सुरुआत गरेको हो । हालसम्म यसले विभिन्न विधाका साहित्यिक ग्रन्थहरूका साथै विद्यालयस्तरका सन्दर्भ पाठ्यपुस्तक तथा उच्चशिक्षाका विभिन्न पाठ्यसामग्रीसहित एक हजारभन्दा बढी शीर्षकमा पुस्तकहरू प्रकाशित गरिसकेको छ । यसरी साझा प्रकाशनले भाषा-साहित्यको संवर्धनका लागि पुस्तकहरूको उत्पादन मुद्रण र बिक्रीवितरणको कार्य अनवरत रूपमा गर्दै आएको छ ।

साझा प्रकाशनको स्थापना भएदेखि नै यसले साहित्यिक कृतिहरूको प्रकाशनका साथै विद्यालयस्तरका पाठ्यपुस्तकहरूको प्रकाशन, उत्पादन र वितरण गर्दै आएको थियो, तर २०२८ सालमा नयाँ शिक्षा लागू भएपछि पाठ्यपुस्तक प्रकाशन-उत्पादनकार्य साझा प्रकाशनले गर्न पाएन । यसपश्चात् विद्यालयस्तरका पाठ्यपुस्तकको निर्माण पाठ्यक्रम विकास केन्द्रले गर्दै आएका छन् भने साझा प्रकाशनले नेपाल अधिराज्यभरि पाठ्यपुस्तकको बिक्रीवितरण गर्दै आएको छ । जनक शिक्षा सामग्री केन्द्रद्वारा उत्पादित प्राथमिक स्तरका पाठ्यपुस्तक साझा प्रकाशनले २०२४ सालदेखि अधिराज्यभरि बिक्रीवितरण गर्दै आएको हो । आफ्नो व्यवस्थित संरचनाद्वारा साझा प्रकाशनले अधिराज्यका अत्यन्त दुर्गम स्थानहरूमा समेत निश्वित समयमा सुलभ रूपमा पाठ्यपुस्तक उपलब्ध गराउने गहन अभिभारा कुशलतापूर्वक सम्पन्न गर्दै आएको छ ।

साझा प्रकाशनमा कवि, लेखक, साहित्यकार, कलाकारको बाहुल्य रहेको छ । साझा प्रकाशनले साझा पुरस्कार, लोकसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार र गरिमा सम्मान पुरस्कारको व्यवस्था गरेको छ ।

© 2016 Sajha Prakashan. All Rights Reserved...