पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न

पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा स्रष्टा राम विनयद्वारा लिखित तथा साझा प्रकाशनबाट प्रकाशित घर बिनाको घर कथासङ्ग्रह लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा पूर्व शिक्षा मन्त्री एवं साझा प्रकाशनका सञ्चालक श्री दीनानाथ शर्मा, पूर्व शिक्षा मन्त्री एवं साझा प्रकाशनका सञ्चालक श्री प्रदीप नेपाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल प्रज्ञा प्रतिष्ठान पूर्व कुलपति बैरागी काइँला, साझा प्रकाशनका सञ्चालक सदस्य तथा गरिमा मासिकका प्रधान सम्पादक हरिहर खनाल साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक श्री डोलिन्द्रप्रसाद शर्मा, समालोचक प्रा.डा. दयाराम श्रेष्ठ ‘सम्भव’, तथा प्रा. जगत् उपाध्याय पे्रक्षित, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव डा. जीवेन्द्रदेव गिरी, जनक शिक्षा सामग्री केन्द्र लि. का प्रबन्ध सञ्चालक एवं साझा प्रकाशनका सञ्चालक अनिलकुमार झालगायतको विशेष उपस्थिति तथा  देश २ सयभन्दा बढी लेखक साहित्यकारहरूको सहभागिता रहेको थियो ।
image-for-web

© 2016 Sajha Prakashan. All Rights Reserved...