साझा प्रकाशन
नेपाली साहित्यको अग्रणी प्रकाशन
प्रकाशन, वितरण, शोधकार्य, कार्यशाला र गोष्ठी, डिजिटल सामग्रीको विकास

महाप्रबन्धक

सुचना अधिकारी
भेषराज घिमिरे,
सम्पर्क : 9851178385
पृष्ठभूमि
साझा प्रकाशन
गोर्खा भाषा प्रकाशिनी समिति (१९७०) होस् या नेपाली भाषा प्रकाशिनी समिति (१९९०) हुँदा ग्रन्थ प्रकाशन मात्रै होइन, त्यसको नियन्त्रणात्मक कार्य पनि यही संस्थाले गथ्र्यो । लेखक–कवि पनि थोरै थिए । यस संस्थाले धानेको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम, राष्ट्रकवि माधव घिमिरे हुँदै अनेकानेक कविलेखकका सिर्जना यही संस्थाबाट प्रकाशित भए । पछि २०२१ सालमा प्रकाशनसहितका आर्थिक उत्तराधिकारसमेत लिएर साझा प्रकाशनको स्थापना भयो । यही संस्थाबाट तिनै लेखकका ग्रन्थको पुनः मुद्रण र पुनः प्रकाशन भयो । पुस्तक प्रकाशनमा नयाँ ग्रन्थका साथै नयाँ लेखक पनि थपिए । तैपनि यस संस्थाले आफ्नो दायित्वका रूपमा लेखकका साहित्यिक महत्त्वका दृष्टिकोणले उच्च तर आर्थिक उपलब्धिका हिसाबले सामान्य कृति पनि प्रकाशित गर्दै आएको छ । बीचमा संस्थागत कमजोरीले नयाँ कृति प्रकाशनमा केही शिथिलता आएको थियो । यसमा पनि संस्थाले अहिले सुधारको थालनी गरेको छ ।
