उद्देश्य

मुख्य उद्देश्यहरु

  • साझा प्रकाशनका तपशिल बमोजिम रहेका छन् ।
  • भाषा साहित्यका विभिन्न विधाका पुस्तकहरूको प्रकाशन र विकास गर्ने,
  • विद्यालय तथा विश्वविद्यालय तहका पाठ्यपुस्तकहरु र पाठ्यसामग्रीहरुको उत्पादन, विक्री वितरणका अतिरिक्त थोक वितरकको रुपमा कार्य गर्ने,
  • पुस्तक ब्यावसायको स्वस्थ विकास र पठ्न संस्कृतिको राष्ट्रिय अभियानमा सहयोग गर्ने,
  • नेपाली साहित्यको विकासमा योगदान गर्ने, श्रमजीवी पत्रकार, कलाकार, लेखकहरूलाई एक सूत्रमा बाँधी स्वस्थ र निश्पक्ष पत्रकारिताको विकास गर्ने
  • प्रकाशनको माध्यमबाट देशमा प्रचलित सबै भाषाको संरक्षण, संवर्धन एवम् विकास तथा अन्तर्राष्ट्रिय भाषाका पुस्तकहरू प्रकाशन गर्ने,
  • साहित्यिक पुस्तकहरू लगायत विद्यालय, उच्च शिक्षा र विश्वविद्यालय तहका पाठ्य तथा सन्दर्भ पुस्तकहरूको प्रकाशन र देशव्यापी बिक्री वितरण गर्ने,
  • स्वदेशी तथा विदेशी विभिन्न भाषामा पुस्तकहरूको अनुवाद गर्ने तथा लोकप्रिय पुस्तकहरूलाई पाठकको माग र महत्त्वअनुसार सचित्र प्रकाशन गर्ने,
  • पठन संस्कृतिको विकास र व्यवसाय प्रवर्धनका लागि पुस्तक प्रदर्शनी, गोष्ठी, सेमिनारको प्रभावकारी सञ्चालन गर्ने,
Scroll to Top